"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भौतिकमन्त्री ज्वालाको निर्देशन : नारायगढ-बुटवल सडक विस्तार यसैवर्ष सम्पन्‍न गर्नु

प्रकाशित मिति :  11 April, 2023 1:40 pm


नवलपुर। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नारायगढ-बुटवल सडक विस्तारको काम थप भएको म्यादभित्र सक्नुपर्ने बताएका छन्। सोमबार सो सडकको अनुगमन गर्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन्। सडक विस्तारका लागि आर्थिक रूपमा कुनै पनि समस्या नभएको भन्दै सडक विस्तारको काम समयमै सक्नुपर्ने उनको भनाइ छ।

‘हामीले जनताका गुनासो पनि सुन्यौँ, तिनको पनि सम्बोधन हुन्छ, व्यवसायीका गुनासाहरू पनि सुन्छौँ, आर्थिक रूपमा केही समस्या छैन, अरू कुराहरू पनि समन्वय गर्छौं,’ सडक विस्तारका विषयमा देखिएका समस्याहरू समाधान गर्नेगरी काम गर्नुपर्नेमा जोड दिँदै उनले भने।थप गरिएको म्यादभित्रै काम गराउने गरी सरकार लाग्ने भन्दै उनले आफूहरूको अर्जुनदृष्टि त्यसैमा रहेको उल्लेख गरे।

‘उहाँहरूले आफ्ना सम्झौताअनुसारको काम समयभित्र गर्छौं भनेर कमिटमेन्ट गर्नुपर्छ अरू सम्झौताहरू हुँदैन’, मन्त्री ज्वालाले भने,’सडक विस्तारको काम ढिला भइरहेको भन्ने गुनासो आएपछि यस सडकलाई हामीले पहिलो प्राथमिकतामा राखेर नजिकबाट हेर्नका लागि निरीक्षण गरेका हौं।’

सडक विस्तारको कामलाई समयमै सम्पन्न गर्नका लागि चुनौतीहरूलाई नजिकबाट बुझ्न पाएको उनले बताए। ‘सडक विस्तार गर्ने ठाउँमा बिजुलीका पोलहरू हटाइएका छैनन्, हटाइएको ठाउँमा तीव्र रूपमा काम भएको देखिएको छ’, उनले भने,’रूख कटान र व्यवस्थापनको काम अझै बाँकी रहेछ, समाधानको काम गर्नुपर्छ।’

एकपटक म्याद थप भएकाले कामको प्रगति कमजोर छ भन्ने कुरा पुष्टि भएको भन्दै उनले थपेको म्याद पनि अन्तिम चरणमा पुगेको जानकारी दिए। ‘कतिपय ठाउँमा ब्ल्याक टप, ड्रेन, कन्स्ट्रक्सन, अक्सपाल्ट, पुल निर्माणको काम भइरहेको छ’, उनले भने, ‘ढिलो त भयो तर पछिल्लो समय काममा केही तीव्रता आएको छ।’

१ सय १४ किलोमिटर लामो सडक अनुगमनका क्रममा उनले विभिन्न १३ स्थानमा कामको प्रगतिबारे जानकारी लिँदै यस वर्षभित्र ५० प्रतिशत काम सकिनेमा आसावादी हुने ठाउँ देखिएको बताए।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक