"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मालपोतका तत्कालिन प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  11 April, 2023 6:35 pm


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालिन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

लिखत रजिस्ट्रेसन पारित हुँदा संकलन भएको राजस्व हिनामिनाको आरोपमा तत्कालिन कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेल र गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

तत्कालिन कार्यालय प्रमुख पोखरेलले लिखत रजिस्ट्रेसन पारित हुँदा संकलन भएको राजस्वको निरन्तर अनुगमन गर्नुपर्नेमा अनुगमन नगरी आफ्नो कार्यकाल २०७२/०७३ मा ९३ लाख ६६ हजार २०९ हिनामिना गरेको अख्तियारको दाबी छ ।

त्यस्तै तत्कालिन कार्यालय प्रमुख विश्वकर्माले पनि आर्थिक वर्ष २०७२/०७३ मा १ लाख ४१ हजार ८२५ रुपैयाँ हिनामिना गरेको, तत्कालिन नायब सुब्बा गुप्ताले आर्थिक वर्ष २०७२/०७३ मा राजस्वमा ९५ लाख ८ हजार ३४ रुपैयाँ हिनामिना गरेका अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । त्यस्तै तत्कालिन लेखापाल चौधरीले पनि ९५ लाख ८ हजार ३४ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार