"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मन्त्रिपरिषद् बैठक : फोहोर नउठाउने बालेनको निर्णयप्रति सरकारको गम्भीर ध्यानाकर्षण

प्रकाशित मिति :  11 April, 2023 7:00 pm


काठमाडौँ। सरकारले सिंहदरबारको फोहर नउठाउने काठमाडौँ महानगरको निर्णय फोहोर व्यवस्थापन स्थानीय नीति विपरीत भएको ठहर गरेको छ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले सिंहदरबार, बालुवाटार, राष्ट्रपति निवासलगायतका स्थानका फोहर नउठाउने काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अभिव्यक्तिप्रति छलफल गर्दै महानगरको निर्णय फोहोर व्यवस्थापन स्थानीय नीति विपरीत भएको ठहर गरेको हो।

बैठकपछि सरकारका प्रवक्ता रेखा शर्माले फोहर नउठाउने विषय महानगरको फोहोर व्यवस्थापन स्थानीय नीतिगत व्यवस्थासंग सम्बन्धित भएकाले यस विषयमा छलफल गर्ने बताए।

छलफलबाट पनि समस्या समाधान नभए काठमाडौँ महानगरको गम्भीर ध्यानाकर्षण गराउने निर्णय भएको उनको भनाइ छ। शर्माले फोहोर व्यवस्थापन स्थानीय सरकारले नै गर्ने नीति रहेको र सो नीतिबाट काठमाडौँ महानगर भाग्न नमिल्ने बताइन्।

बैठकले आयातित तथा उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाशाक विषाधी अवशेषको सीमा निर्धारण गर्न स्वीकृत गरेको प्रवक्ता शर्माले बताइन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द