"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मन्त्रिपरिषद् बैठक : फोहोर नउठाउने बालेनको निर्णयप्रति सरकारको गम्भीर ध्यानाकर्षण

प्रकाशित मिति :  11 April, 2023 7:00 pm


काठमाडौँ। सरकारले सिंहदरबारको फोहर नउठाउने काठमाडौँ महानगरको निर्णय फोहोर व्यवस्थापन स्थानीय नीति विपरीत भएको ठहर गरेको छ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले सिंहदरबार, बालुवाटार, राष्ट्रपति निवासलगायतका स्थानका फोहर नउठाउने काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अभिव्यक्तिप्रति छलफल गर्दै महानगरको निर्णय फोहोर व्यवस्थापन स्थानीय नीति विपरीत भएको ठहर गरेको हो।

बैठकपछि सरकारका प्रवक्ता रेखा शर्माले फोहर नउठाउने विषय महानगरको फोहोर व्यवस्थापन स्थानीय नीतिगत व्यवस्थासंग सम्बन्धित भएकाले यस विषयमा छलफल गर्ने बताए।

छलफलबाट पनि समस्या समाधान नभए काठमाडौँ महानगरको गम्भीर ध्यानाकर्षण गराउने निर्णय भएको उनको भनाइ छ। शर्माले फोहोर व्यवस्थापन स्थानीय सरकारले नै गर्ने नीति रहेको र सो नीतिबाट काठमाडौँ महानगर भाग्न नमिल्ने बताइन्।

बैठकले आयातित तथा उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाशाक विषाधी अवशेषको सीमा निर्धारण गर्न स्वीकृत गरेको प्रवक्ता शर्माले बताइन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ