"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभामा गणपुरक संख्याको अभावमा विधेयक पास हुन सकेन

प्रकाशित मिति :  12 April, 2023 6:20 pm


काठमाडौँ । प्रतिनिधिसभामा गणपुरक संख्या (काेरम) नपुगेपछि सुरक्षण मुद्रण प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न सकिएको छैन। राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७ माथि विचार गरियोस’ भन्ने प्रस्ताव कार्यसूचीमा समावेश गरिए पनि बुधबार प्रतिनिधिसभामा गणपुरक संख्याको अभावमा प्रस्ताव प्रस्तुत नभएको हो।

प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्नुअघि नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले गणपुरक संख्याको यकिन गर्न सभामुख समक्ष माग गरे। लगत्तै सभामुख देवराज घिमिरेले तीन मिनेटको घन्टि बजाएर गणपुरक संख्या यकिन गर्न सचिवालयलाई निर्देशन दिए।

बैठकमा कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा कम्तीमा एक तिहाई अर्थात् ६९ सांसद उपस्थित हुनुपर्ने व्यवस्था छ। तर ६१ सांसद मात्रै रहेका पाइएपछि सभामुख घिमिरेले आजको कार्यसूचीमा रहेका बाँकी सबै कार्यक्रम स्थगित भएको जानकारी गराए।

यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सदनमा उक्त प्रस्तावमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन्। विधेकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले मुलुकमा सुरक्षण मुद्रणसम्बन्धी कानुन आवश्यक भएकाले उपकरण खरिद र पूर्वाधार निर्माण गरेर अन्तःशुल्कको स्टिकरलगायत सुरक्षण मुद्रणसम्बन्धी सामग्री छपाई सुरु गर्न पहल र प्रयत्न भइरहेको बताइन्।

उक्त विधेयक विसं २०७७ मा राष्ट्रियसभामा उत्पत्ति भई त्यही लामो समयसम्म रहेको थियो । प्रतिनिधिसभाको अर्काे बैठक आगामी वैशाख ३ गते आइतबार दिनको १ बजे बस्ने छ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी