"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निक्षेपको ब्याजदर एकल अंकमा ल्याउने तयारी

प्रकाशित मिति :  13 April, 2023 12:00 pm


काठमाडौँ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको संस्था नेपाल बैंकर्स संघले वैशाखदेखि लागू हुने गरी निक्षेपमा ब्याजदर घटाउने सहमति गरेका छन् । बुधबार बसेको संघको बैठकले यस्तो निर्णय गरेको संघका कार्यकारी निर्देशक अनिल शर्माले बताए । सहमतिअनुसार व्यक्तिगत मुद्दतीको हकमा ९.९९ प्रतिशत र संस्थागत मुद्दतीमा  ७.९९ प्रतिशत कायम भएको छ । हालसम्म मुद्दतीतर्फ ११ प्रतिशत ब्याजदर कायम छ । जसमा १.०१ प्रतिशत बिन्दुका दरले घटाउने निर्णय भएको हो । 

त्यस्तै, वचतको ब्याजदर समेत घटाइएको छ । बचतमा न्यूनतम ५.४ प्रतिशत र अधिकतम ७.४ प्रतिशत कायम गर्ने निर्णय भएको शर्माले जानकारी दिए । कल निक्षेपमा बचतको तल्लो सीमाको ५० प्रतिशत हुने गरी ब्याजदर कायम गर्ने निर्णय भएको छ । अहिले बचतमा बैंकहरूले ६ देखि आठ प्रतिशत ब्याजदर दिँदै आएका छन् ।

राष्ट्र बैंकले अघिल्लो माहिनामा बैंकले बचत वा मुद्दती निक्षेपमा दिँदै आएको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशतले निक्षेपको ब्याजदर घटाउन वा बढाउन पाइने व्यवस्था गरेको छ । सोही सीमाभित्र रहेर निक्षेपको ब्याजदर घटाएको बैंकर्स संघले जनाएको छ ।

यस्तै, व्यक्तिगत मुद्दती निक्षेपमा भन्दा संस्थागत मुद्दती निक्षेपको ब्याजदर दुई प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा आए पनि राष्ट्र बैंकले साधारण बचत र मुद्दतीमा भन्दा रेमिट्यान्स खातामा न्यूनतम एक प्रतिशत ब्याजदर बढी दिनुपर्ने व्यवस्था छ । साहीअनुसार रेमिट्यान्स निक्षेपमा बैंकहरूले १०.९९ प्रतिशत र रेमिट्यान्स बचत खातामा ८.४ प्रतिशत ब्याजदर दिनुपर्नेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण