"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

महालेखाको ६०औँ प्रतिवेदन : पौनै ६ खर्ब नाघ्यो सरकारी बेरुजु

प्रकाशित मिति :  13 April, 2023 6:22 pm


काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले ६०औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। आर्थिक वर्ष २०७८/७९को लेखापरीक्षण गरिएको प्रतिवेदन बिहीबार राष्ट्रपति पौडेललाई बुझाइएको महालेखा परीक्षक कार्यालयका प्रवक्ता रबिन्द्रप्रसाद देवकोटाले जानकारी दिए।

उनका अनुसार गत आर्थिक वर्षमा सरकारको बेरुजु रकम करिब १ खर्बले बढेको छ। ग्त वर्षको समेत गरेर सरकारी बेरुजु ५ खर्ब ८७ अर्ब ३३ कराेड रुपैयाँ नाघेको छ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८मा सरकारी बेरुजु ४ अर्ब ८३ अर्ब ५९ करोड रुपैयाँ रहेको महोलखा परीक्षकको ५९औँ प्रतिवेदनले औँल्याएको थियो। कानुनी प्रक्रिया छलेर गरिएको खर्चलाई बेरुजु रकम भनिन्छ।

महालेखा परीक्षकको कार्यालयले प्रत्येक वर्ष चैत मसान्तमा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको छ। गत वर्ष कोरोना महामारीका कारण ढिलाइ भएको प्रवक्ता देवकोटाले जानकारी दिए।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औँ वार्षिक प्रतिवेदनको सारांश



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ललितपुर – अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।आज ललितपुरमा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’ मा

काठमाडौँ- प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै

काठमाडौँ – सरकारले अर्धवार्षिक समीक्षामार्फत चालू आर्थिक बर्षको बजेट खर्च अनुमान संशोधन गरेको छ। अर्थ मन्त्रालयले मंगलबार अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दैै

काठमाडौँ — सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले छैठौ इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड्स २०२५ मा ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स