"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्युठानका मल्लरानी र सरुमारानी बेरुजु शुन्यमा, दोस्रो पटक पनि देशभरकै उत्कृष्ट

प्रकाशित मिति :  14 April, 2023 1:02 pm


काठमाडौँ । आर्थिक अनुशासनमा प्युठानको मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिका देशभरकै उत्कृष्ट पाइएका छन्। गत आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदनअनुसार प्युठानका दुवै गाउँपालिका देशभरकै उत्कृष्ट पाइएका हुन्।

महालेखा परीक्षक कार्यालयले बिहीबार सार्वजनिक गरेको ६०औँ वार्षिक प्रतिवेदनले मल्लरानी र सरुमारानी गाउँपालिकामा शून्य बेरुजु रहेको हो। प्रतिवेदनअनुसार तेह्रथुमको आठराई गाउँपालिका सबैभन्दा बढी बेरुजु रहेको स्थानीय तह रहेको छ। सो गाउँपालिकामा गत आर्थिक वर्षमा पालिका बजेटको २०.३१ प्रतिशत बेरुजु रहेको छ।

आर्थिक पारदर्शीता र कानुनी व्यवस्था बमोजिम कार्यसम्पादन गर्दा बेरुजु शुन्यमा सम्भव रहेको मल्लरानी गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत वालकृष्ण थापाले बताए । अहिलेका प्रमुख प्रशासकीय अधिकृत महेश केसीले भने – “अघिल्लो वर्ष कायम गरेको शुन्य बेरुजुको पहिचानलाई कायम गर्ने प्रेरणाले अहिले पनि शुन्यमा कायम गर्न सफल भयौँ ।”

महालेखाले १५ प्रतिशतभन्दा बढी बेरुजु रहेका स्थानीय तहको संख्या ६ वटा रहेको छ। ५ देखि १५ प्रतिशत बेरुजु रहेका स्थानीय तहको संख्या २ सय ५ र ५ प्रतिशतभन्दा कम बेरुजु रहेका स्थानीय तहको संख्या ५ सय ४० रहेको महालेखाले उल्लेख गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर