"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्युठानका मल्लरानी र सरुमारानी बेरुजु शुन्यमा, दोस्रो पटक पनि देशभरकै उत्कृष्ट

प्रकाशित मिति :  14 April, 2023 1:02 pm


काठमाडौँ । आर्थिक अनुशासनमा प्युठानको मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिका देशभरकै उत्कृष्ट पाइएका छन्। गत आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदनअनुसार प्युठानका दुवै गाउँपालिका देशभरकै उत्कृष्ट पाइएका हुन्।

महालेखा परीक्षक कार्यालयले बिहीबार सार्वजनिक गरेको ६०औँ वार्षिक प्रतिवेदनले मल्लरानी र सरुमारानी गाउँपालिकामा शून्य बेरुजु रहेको हो। प्रतिवेदनअनुसार तेह्रथुमको आठराई गाउँपालिका सबैभन्दा बढी बेरुजु रहेको स्थानीय तह रहेको छ। सो गाउँपालिकामा गत आर्थिक वर्षमा पालिका बजेटको २०.३१ प्रतिशत बेरुजु रहेको छ।

आर्थिक पारदर्शीता र कानुनी व्यवस्था बमोजिम कार्यसम्पादन गर्दा बेरुजु शुन्यमा सम्भव रहेको मल्लरानी गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत वालकृष्ण थापाले बताए । अहिलेका प्रमुख प्रशासकीय अधिकृत महेश केसीले भने – “अघिल्लो वर्ष कायम गरेको शुन्य बेरुजुको पहिचानलाई कायम गर्ने प्रेरणाले अहिले पनि शुन्यमा कायम गर्न सफल भयौँ ।”

महालेखाले १५ प्रतिशतभन्दा बढी बेरुजु रहेका स्थानीय तहको संख्या ६ वटा रहेको छ। ५ देखि १५ प्रतिशत बेरुजु रहेका स्थानीय तहको संख्या २ सय ५ र ५ प्रतिशतभन्दा कम बेरुजु रहेका स्थानीय तहको संख्या ५ सय ४० रहेको महालेखाले उल्लेख गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द