"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् आजका कार्यसुची

प्रकाशित मिति :  16 April, 2023 11:52 am


काठमाडौं । आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ का सम्बन्धमा राष्ट्रिय सभाबाट सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची छ ।

यसैगरी सभामुखले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रश्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीसमेत छ ।

यसैगरी पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पनि पारित हुने छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्वसदस्य एवं वि.सं. २०१५ को आम निर्वाचनमा धनकुटाबाट निर्वाचित भएका तुम्बाहाम्फेको गत शुक्रबार निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्ति सच्याउने विषयमा रुलिङ नगरेको भनेर विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले