"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुरक्षण मुद्रण कोषका कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  16 April, 2023 4:13 pm


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । कार्यकारी निर्देशक विकल पौडेलसँग ६९ करोड ८ लाख ८१ हजार ८५४  रुपियाँ बिगो माग दाबी गरिएको छ । 

आयोगका प्रवक्ता भोला दाहालका अनुसार, सुरक्षण मुद्रण केन्द्रका ९ जना र सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेसक्याम्प, बिष्णुपुरा, रुपन्देहीका एक गरी १० जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा आरोप पत्र दर्ता गरिएको हाे । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल, सि.डि.ई., इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न प्रा.लि., मेपटेक विल्डिंग सर्भिसेस प्रा.लि, परामर्शदाता वास्तुशिल्प एसोसिएट्स समेतका निर्देशक गरी ९ जना उपर गैरकानूनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको हो । 

यसैगरी, सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेसक्याम्प, बिष्णुपुरा, रुपन्देहीका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेन उपर घुस, रिसवत लिई भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार