"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने प्रमुख दलबीच सहमति

प्रकाशित मिति :  17 April, 2023 1:05 pm


काठमाडौं । प्रमुख तीन राजनीतिक दलको बैठकले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेकाे छ। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीचको बैठकले यस्तो निर्णय गरेको हो।

सोमबार ओलीनिवास बालकोटमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले तीन दलको बैठकले चाँडै संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको जानकारी दिए। 

‘प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई स्थायी नियुक्तिको प्रक्रिया संवैधानिक परिषदबाट गर्ने कुरा जुन छ, त्यसमा पहल गर्नुभयो । प्रमुख प्रतिपक्ष दलका अध्यक्ष केपी ओलीजीले त्यसमा सहमति गर्नुभएको छ । चाँडै संवैधानिक परिषद्को बैठक बोलाएर टुंग्याउने सहमति भएको छ,’ उनले भने।

बैठकमा संसद्को समितिहरू सञ्चालन र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउने कुरामा पनि छलफल भएको प्रमुख सचेतक लेखकले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी