"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पूर्व अध्यक्ष साहविरुद्ध ३१ लाख ७४ हजारको भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  20 April, 2023 5:49 pm


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालिन अध्यक्ष रामबल्लभ साहविरुद्ध ३१ लाख ७४ हजार ४६७ रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

वडा नम्बर ४ को धन्छवारस्थित पश्चिम कटनिया नयाँ नदीमा अलपत्र छाडिएको पुल निर्माणको कामको भुक्तानी गरेको आरोपमा उनीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पुल र कल्भर्ट निर्माण योजनामा पुनः डिजाइनसमेत नगरी ड्रइङ परिवर्तन गरी, योजना सम्पन्न नहुँदै न्यून गुणस्तरमा काम गरी दुबै योजना सम्पन्न गर्न नमिल्ने अवस्थामा पनि भुक्तानी दिएको अख्तियारको आरोप छ ।

अख्तियारले गाउँपालिकाकी तत्कालिन उपाध्यक्ष आशादेवी यादव, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रकुमार महत, तत्कालिन लेखापाल इन्द्रकुमार कर्ण, वडा नं ४ का तत्कालिन वडाध्यक्ष विद्यानन्द साह सुडी, वडासचिव रामनारायण मण्डल विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत धनिकलाल यादव र सुजितकुमार यादव, तत्कालिन लेखापाल नरेश कामैत, इन्जिनियर अमन पोखरेल, वडा नं ३ का तत्कालिन वडाध्यक्ष हनुमान मण्डल र उपभोक्ता समितिका पदाधिकारीहरुविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार