"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राजनीतिक सहमतिका लागि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल

प्रकाशित मिति :  21 April, 2023 1:03 pm


काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ। शुक्रबार  बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा  प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल भएको हो।

उनीहरूबीच प्रधानन्यायाधीश नियुक्ति, संसदीय सुनुवाइ समिति गठन, टीआरसी विधेयकलगायत विषयमा छलफल भएको बताइएको छ।

यसअघि बुधबार प्रधानन्यायाधीश नियुक्तका लागि संवैधानिक परिषद बैठक बसेको थियो। बैठकमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे सहमति जुट्न नसकेपछि बैठक निष्कर्षबिहीन बनेको थियो।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लागेपछि न्यायलयले नेतृत्व पाउन सकेको छैन।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता