"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राजनीतिक सहमतिका लागि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल

प्रकाशित मिति :  21 April, 2023 1:03 pm


काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ। शुक्रबार  बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा  प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल भएको हो।

उनीहरूबीच प्रधानन्यायाधीश नियुक्ति, संसदीय सुनुवाइ समिति गठन, टीआरसी विधेयकलगायत विषयमा छलफल भएको बताइएको छ।

यसअघि बुधबार प्रधानन्यायाधीश नियुक्तका लागि संवैधानिक परिषद बैठक बसेको थियो। बैठकमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे सहमति जुट्न नसकेपछि बैठक निष्कर्षबिहीन बनेको थियो।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लागेपछि न्यायलयले नेतृत्व पाउन सकेको छैन।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः