"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अन्तर–संसद सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

प्रकाशित मिति :  23 April, 2023 5:03 pm


काठमाडौं । राष्ट्रियसभा र रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका बिचमा बिहीबार अन्तर–संसद सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्कोले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । 

राष्ट्रियसभा र फेडेरेसन काउन्सिलका बिचमा भएको समझदारीपत्रमा नेपाल र रुसी महासंघबीच अन्तर–संसदीय सहयोगलाई प्रबर्धन गर्ने तथा प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गरी सांसद, समिति, आयोग र कार्यालयबीच निकट अन्तरक्रियामार्फत अन्तर–संसदीय सम्बन्धलाई सुदृढ गर्ने उल्लेख छ ।

यस्तै, आधुनिक डिजिटल प्रविधिको प्रयोग गरी संसदीय गतिविधि, आधिकारिक प्रकाशन, र आपसी चासोका अन्य दस्तावेजहरुको सूचना आदानप्रदान गर्दै संसदीय गतिविधिहरु, संसदीय गतिविधिको डिजिटाइजेशन र सभा, समिति तथा आयोगहरूका कार्यमा सूचना तथा सञ्चार प्रविधिको उपयोगमा अनुभव आदानप्रदान गर्ने समझदारीपत्रमा उल्लेख छ । समझदारीपत्रमा अन्तर–व्यवस्थापिका संघलगायत त्यस्ता अन्तर्राष्ट्रिय संसदीय मञ्चहरुमा सहकार्य विकास गर्दै जाने र संसदीय मैत्री समूह गठन गर्ने समेत उल्लेख छ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलहरूले अध्यादेशहरू जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन्। सरकारले संवैधानिक परिषदसहित ५ वटा

काठमाडौँ- संसदीय समितिले राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका समस्या र समाधानका उपायकाबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ। सिंहदरबारमा

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।