"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री प्रचण्ड सहित शीर्ष नेताको बैठकमा यी विषयमा भए सहमती

प्रकाशित मिति :  24 April, 2023 4:59 pm


काठमाडौं । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले विभिन्न विषयमा सहमति जुटाएको छ।प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले संसदीय समिति, संवैधानिक परिषदसम्बन्धी विधेयक अघि बढाउने र टिआरसीबारे विशेष समितिमा छलफल गर्नेजस्ता विषयमा सहमति जुटेको हो।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत सहभागी थिए। बैठकमा सहभागी एमालेका प्रमुख सचेतक पदम गिरीले बैठक सौहार्दपूर्ण र उपलब्धिमुलक रहेको पत्रकारहरूलाई बताए।

‘जे-जे विषय छलफलमा थिए ती विषय सहमतिमा पुगेको छ,’ उनले भने, ‘खासगरी संसदका विभिन्न समितिहरूका सन्‍दर्भमा संसदीय सुनुवाई समितिको सभापति नेपाली कांग्रेसले लिने र राज्यका निर्देशक सिद्धान्त, नीति, दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापति नेकपा एमालेले लिने सहमति भएको छ।’

प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये नेकपा एमालेले लेखा समिति र अर्को एक समितिको सभापति पाउने सहमति भएको उनले बताए।

‘संवैधानिक परिषदसम्बन्धी विधेयक संसदबाटै पारित गर्ने सहमति भएको छ,’ उनले भने, ‘टिआरसीबारे विशेष समिति गठन गर्ने र त्यो समितिबाटै छलफल गरी अगाडि बढाउने सहमति भएको छ।’ विशेष समिति १५ सदस्यीय हुने उनले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्ति सच्याउने विषयमा रुलिङ नगरेको भनेर विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले