"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

टीआरसी विधेयक अघि बढाउन संसदमा विशेष समिति

प्रकाशित मिति :  26 April, 2023 9:20 am


काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक अगाडि बढाउन संसदीय विशेष समिति गठन गरिने भएको छ ।प्रतिनिधिसभाले बुधबार संसदीय विशेष समिति गठन गर्न लागेको हो । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् । जहाँ विशेष समिति गठन गर्ने उल्लेख छ ।

सम्भावित कार्यसूची अनुसार नेपाली कंग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले विशेष समिति गठन गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उनले विशेष समितिमा रहने सांसदहरुको नाम नै प्रस्ताव गर्नेछिन् । त्यसमा नेकपा एमालेका सांसद रघुजी पन्तले समर्थन जनाउने सम्भावित कार्यसूची छ ।

विशेष समितिमा रहने सांसदहरु भने तय हुन बाँकी छ । बुधबार बिहान छलफल गरेर समितिमा रहने सांसदहरुको टुंगो लगाउने दलहरुको तयारी छ । प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

यो संगै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढ्ने प्रक्रियाको टुंगो लागेको नेताहरु बताउँछन् । विगतमा सरकारले यो विधेयकलाइए फास्ट ट्रयाकमा पारित गराउन चाहेको थियो ।

प्रमुख विपक्षी एमालेले संसदीय समितिमै छलफलमा लैजानुपर्ने अडान लिएको थियो । दुवै अडानमा नरहेर विकल्पमा विशेष समिति गठन गर्ने विषयमा प्रमुख तीन राजनीतिक नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र सहमत भएपछि सोही अनुसार विशेष समिति गठन गर्न लागिएको हो ।

२५ फागुन २०७९ मा प्रधानमन्त्री पुष्पकमाल दाहाल प्रचण्डले संसदमा दर्ता गरेको संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक) दफावार छलफलको चरणमा पुगेको छ । विशेष समिति गठन भएपछि यो विधेयकमाथिको दफावार छलफल सोही समितिमा हुनेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्‌मा प्रतिनिधित्वका लागि राजनीतिक दलले

काठमाडौँ — गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित

काठमाडौँ – देश भरका ११५ क्षेत्रमा मतगणना चलिरहेको छ । बाकि क्षेत्रमा पनि सर्वदलिय बैठकहरु बस्ने तयारीमा छ । कतिपय

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई