"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आर्सनलमाथि सिटीको सानदार जित

प्रकाशित मिति :  27 April, 2023 12:07 pm


काठमाडौं । प्रिमियर लिगमा दोस्रो स्थानको म्यानचेष्टर सिटीले लिग लिडर आर्सनललाई पराजित गरेपछि उपाधि होड रोमाञ्चक बनेको छ । केभिन डे ब्रुयनाको उत्कृष्ट प्रदर्शनमा बुधबार राति सिटीले घरेलु मैदानमा आर्सनललाई ४-१ ले हरायो । डे ब्रुयनाले दुई गोल गर्नुका साथै एक असिस्ट गरे । जोन स्टोन्स र एर्लिङ हालान्डले समान १-१ गोल गरे ।

आर्सनललाई पराजित गरेपछि सिटी उपाधि होडमा फर्किएको छ । अब आर्सनल र सिटीबीच जम्मा २ अंकको दूरी छ भने सिटीले अझै दुई खेल कम खेलेको छ । जसले गर्दा सिटी उपाधि होडमा बलियो बनेको छ । ३३ खेलबाट बर्सनलको ७५ अंक छ भने ३१ खेलबाट सिटीले ७३ अंक जोडेको छ ।

घरेलु मैदान इतिहाड  स्टेडियममा डे ब्रुयनाले हालान्डको पासमा सातौँ मिनेटमा गोल गरी सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा डे ब्रुयनाको पासमा स्टोन्सले गोल गरी अग्रता दोब्बर पारे ।

५४औं मिनेटमा डे ब्रुयनाले हालान्डकै पासमा गोल गरेपछि सिटीले ३-० को अग्रता बनायो । ८६औं मिनेटमा आर्सनलका रब होल्डिङले लिएन्ड्रो ट्रोसार्डको पासमा गोल गर्दै गोल अन्तर कम पारे पनि ढिला भइसकेको थियो ।इन्जुरी टाइममा हालान्डले फिल फोडेनको पासमा गोल गरेपछि सिटीले सहज जित हात पारेको हो ।

लिग अब आर्सनलले ५ र सिटीले ७ खेल खेल्न बाँकी छ । सिटीले आफ्नो बाँकी खेल जितेमा लिग उपाधि जित्नेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार