"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विशेषले गरेका फैसलामा चित्त नबुझेको भन्दै अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन

प्रकाशित मिति :  27 April, 2023 4:36 pm


काठमाडौं  । विशेष अदालतले फैसला गरेका मुद्दामा चित्त नबुझेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ। आयोगले दायर गरेका मुद्दामा विशेषले गरेको फैसलामाथि चित्त नबुझेको भन्दै सर्वोच्चमा पुनरावेदन दिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

प्रवक्ता दाहालका अनुसार अख्तियारले दायर गरेका मुद्दामा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये गैरकानुनी सम्पत्ती आर्जन,घुस/रिसवत र नपाएको अधिकार प्रयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी मु्द्दामा पुनरावेदन दिएको हो।

कृष्णबहादुर बस्नेत,नविन कुमार गौली,सविता गौलो,सकुन्तला गौली र सुलभ गौली प्रतिवादी रहेको मुद्दामा सर्वोच्च अदालतले माघ १ गते सफाइ दिएको  थियो। उनीहरूविरुद्ध गैरकानुनी रुपमा सम्पत्ती आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले विशेषमा मुद्दा दायर गरेको थियो

यस्तै अख्तियारले घुस रिसवत लिनेदिने कार्य गरी भ्रष्टाचार गरेको ठहर गर्दै कृष्णबहादुर बस्नेत र नविन कुमार गौलीविरूद्ध मुद्दा दायर भएको  थियो। विशेषले  सो मुद्दामा माघ १ गते सफाइ दिएको थियो।

नपाएको अधिकार प्रयोग गरी भ्रष्टाचार गरेको भन्दै डा.बलराम थापा र रेवती रमण निरौला प्रतिवादी रहेको मुद्दामा सफाइ दिएको भन्दै अख्तियारले पुनरावेदन गरेको हो। सो मुद्दामा सुनु​​वाइ गर्दै विशेषले गत भदौ १५ गते सफाइ दिएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष

काठमाडौँ –  पुरातत्व विकासमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारीको खातामा चार करोड २२ लाख रुपैयाँ घुस डिपोजिट भएको भन्दै

चितवन – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ । लामो समयसम्म विद्युत्

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय, रुपन्देहीमा कार्यरत नायब सुब्बा ओम बहादुर खाम्चालाई घुसरकमसहित नियन्त्रणमा लिएको छ।