"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री नियुक्त

प्रकाशित मिति :  27 April, 2023 6:42 pm


बुटवल । लुम्बिनीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त भएका छन् । नेकपा माओवादी केन्द्रसहित ८ दलका ५२ जना र एकजना स्वतन्त्र सांसदको समर्थनमा संविधानको धारा १६८ (२) अनुसार चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

२७ पुसमा मुख्यमन्त्री बनेका एमालेका लिला गिरीले विश्वासको मत लिन नसकेपछि पदमुक्त भएका थिए । त्यसपछि प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए । कांग्रेस संसदीय दलका नेता चौधरीले बिहीबार नै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

राष्ट्रपतिको निर्वाचनसंगै केन्द्रमा फेरिएको सत्ता समीकरणका कारण माओवादीसहित ५ दलले समर्थन फिर्ता लिएपछि गिरी नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री चौधरीले शपथ भने शुक्रबार लिनेछन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै

काठमाडौँ- नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। पार्टी केन्द्रीय निर्वाचन

काठमाडौँ- निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ जनसंख्याको आधारमा समावेशी समूहको प्रतिनिधित्व गराउने व्यवस्थाका सम्बन्धमा सरकारसँग छलफल गरेको छ। मंगलबार आयोगले काठमाडौँमा