"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस नेता डा चन्द्र भण्डारी उपचारपछि आज नेपाल फर्कंदै

प्रकाशित मिति :  30 April, 2023 1:47 pm


फाईल तस्विर

काठमाडौं ।  नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी आज उपचारपछि स्वदेश फर्किने भएका छन्।

गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास चुहावट हुँदा आगालागीमा परी घाइते भएका नेता भण्डारी भारतको मुम्बईमा साढे दुई महिना उपचारपछि आज स्वदेश फर्कन लागेका हुन्।

गत मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नं १ बाट निर्वाचित डा भण्डारी भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचाररत थिए। कांग्रेस नेता माधव न्यौपानेका अनुसार डा भण्डारीको स्वास्थ्यमा क्रमिकरूपमा सुधार आएको छ । पछिल्लो समयमा उनी बोल्ने र हिँड्नेसमेत गर्न थालेका छन् । 

सो आगलागीमा परी सांसद भण्डारीकी आमा हरिकला समेत गम्भीर घाइते भएकी थिइन्। हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते नै निधन भएको थियो ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर