"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच के भए छलफल

प्रकाशित मिति :  9 May, 2023 1:19 pm


काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ।

सोमबार बिहान तीन नेताबीच झन्डै डेढ घन्टा बालुवाटारमा छलफल भएको हो। छलफलमा के-के विषयमा कुराकानी भयो भन्नेबारे तीन जना नेताहरूले कुनै प्रतिक्रिया दिएनन्। प्रधानमन्त्री प्रचण्डको सचिवालय भने सदनमा विचाराधीन विधेयकबारे तीन नेताबीच छलफल भएको जनाएको छ। यस्तै बैठकमा प्रधानमन्त्रीले नीति तथा, बजेटमा सुझाव मागेको पनि सचिवालयले बताएको छ।

‘संसदमा विचाराधीन संवैधानिक परिषद्, संक्रमणकालीन न्याय, सम्पत्ति शुद्धीकरण आदि विधेयकबारे छलफल गर्न नै प्रधानमन्त्रीले बैठक राख्नुभएको हो, त्यस्तै प्रधानमन्त्रीले नीति तथा कार्यक्रम र बजेटमा सुझाव माग्नुभएको छ,’ प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हाई प्रोफाइल’ नेताहरु मुछिएका बेला शीर्ष नेताहरुबीच सोही विषयमा छलफल भएको स्रोतले बतायो । यो प्रकरणमा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनकी पत्नी मञ्जु लगायतको नामसमेत मुछिएपछि राजनीति तरंगित भएको छ । यद्यपि कांग्रेस–एमालेले यसबारे चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् ।

नक्कली शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसअघि दुई पटकसम्म प्रधानमन्त्री प्रचण्डलाई भेटेर छलफल गरेका थिए । उनले कसैलाई चोख्याउने र कसैलाई दण्डित गर्ने नियत राखिएको भन्दै सरकारको आलोचना गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्‌मा प्रतिनिधित्वका लागि राजनीतिक दलले

काठमाडौँ — गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित

काठमाडौँ – देश भरका ११५ क्षेत्रमा मतगणना चलिरहेको छ । बाकि क्षेत्रमा पनि सर्वदलिय बैठकहरु बस्ने तयारीमा छ । कतिपय

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई