"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मन्त्रिपरिषद्को आजको बैठकले गरेका यी हुन् निर्णय

प्रकाशित मिति :  9 May, 2023 7:07 pm


काठमाडौं । सरकारले नेपाल कृषि वन सेवा समीकरणको सचिवमा रेवतीरमण पौडेललाई बढुवा गरेको छ। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

यस्तै, उनले सहकारी क्षेत्रको समग्र सुधारका लागि कार्यदल गठन भएको पनि जानकारी दिएकी छन्। वैदेशिक रोजगारमा गएका व्यक्तिहरूले पहिले पाइरहेको सुविधाबाहेक थप एउटा फोन ल्याउन पाउने र एमडिएमएस व्यवस्था पनि लागू गर्ने निर्णय बैठकले गरेको छ। 

उनले ढल्केवर वाणगंगा १३२ केबी प्रसारण लाइन निर्माणको लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक अधिकारी तोक्ने निर्णय भएको बताइन्।उनले इसमिट बोर्ड अफ गभर्नेन्स मिटिङमा सहभागीको लागि योजना आयोगको उपाध्यक्ष मिनबहादुर श्रेष्ठलाई स्वीकृति दिने निर्णय भएको बताइन‍्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता