"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मन्त्रिपरिषद्को आजको बैठकले गरेका यी हुन् निर्णय

प्रकाशित मिति :  9 May, 2023 7:07 pm


काठमाडौं । सरकारले नेपाल कृषि वन सेवा समीकरणको सचिवमा रेवतीरमण पौडेललाई बढुवा गरेको छ। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

यस्तै, उनले सहकारी क्षेत्रको समग्र सुधारका लागि कार्यदल गठन भएको पनि जानकारी दिएकी छन्। वैदेशिक रोजगारमा गएका व्यक्तिहरूले पहिले पाइरहेको सुविधाबाहेक थप एउटा फोन ल्याउन पाउने र एमडिएमएस व्यवस्था पनि लागू गर्ने निर्णय बैठकले गरेको छ। 

उनले ढल्केवर वाणगंगा १३२ केबी प्रसारण लाइन निर्माणको लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक अधिकारी तोक्ने निर्णय भएको बताइन्।उनले इसमिट बोर्ड अफ गभर्नेन्स मिटिङमा सहभागीको लागि योजना आयोगको उपाध्यक्ष मिनबहादुर श्रेष्ठलाई स्वीकृति दिने निर्णय भएको बताइन‍्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्‌मा प्रतिनिधित्वका लागि राजनीतिक दलले

काठमाडौँ — गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित

काठमाडौँ – देश भरका ११५ क्षेत्रमा मतगणना चलिरहेको छ । बाकि क्षेत्रमा पनि सर्वदलिय बैठकहरु बस्ने तयारीमा छ । कतिपय

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई