"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आईपीएलमा बेंगलोरलाई हराउँदै मुम्बई तेस्रो स्थानमा

प्रकाशित मिति :  10 May, 2023 2:03 pm


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ । छैटौं जितपछि ११ खेलबाट १२ अंक जोडेर मुम्बई तेस्रो स्थानमा उक्लेको छ र प्लेअफमा पुग्ने सम्भावनालाई कायम राखेको छ । पराजित बेंगलोर ११ खेलबाट १० अंकसहित सातौं स्थानमा छ ।

घरेलु मैदान वाङखडे स्टेडियममा सूर्य कुमार यादव र नेहाल वाडेराले उत्कृष्ट ब्याटिङ गरेपछि मुम्बईले २०० रनको लक्ष्य १६.३ ओभरमै ४ विकेट गुमाएर पूरा गर्‍यो ।

सूर्य कुमारले ३५ बल खेल्दै ७ चौका र ६ छक्का मद्दतमा सर्वाधिक ८३ रन बनाए । नेहालले अविजित ५२ रन बनाउने क्रममा ३४ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे । ओपनर इशन कसनले २१ बलमा ४२ रन जोडे ।

बेंगलोरका वानिन्दु हसरंगा र विजकुमार वैशाखले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९९ रन बनाएको थियो ।

बेंगलोरका लागि ग्लेन म्याक्सवेल र कप्तान फाप डु प्लेसिसले अर्धशतक प्रहार गरे । म्याक्सवेलले ३३ बल खेल्दै ८ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ६८ रन बनाए । डु प्लेसिसले ४१ बलमा ६५ रन जोडे ।

१६ रनमै दुई विकेट गुमाएको बेंगलोरका लागि म्याक्सवेल र डु प्लेसिसले १२० रनको साझेदारी गरेका थिए । दिनेश कार्तिकले ३० रन बनाए ।

मुम्बईका लागि ज्यासन बेहरनडोर्फले ३ तथा क्यामरुन ग्रीन, क्रिस जोर्डन र कुमार मार्थिकेयाले समान १ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटमा मंगलबार स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको छ । दीपेन्द्रले लगातार दोस्रो

काठमाडौँ — आइसिसी टी-२० विश्वकप २०२६ मा समूहको लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपाल बाहिरिएको छ।  नेपाल स्कटल्यान्डसँगको समूह ‘सी’

काठमाडौँ — फितलो ब्याटिङ गरेको नेपालले ट्वान्टी–२० विश्वकपको इटालीसँग १० विकेटले पराजित भएको छ । पहिलो पटक विश्वकपमा खेलिरहेको इटालीले एकतर्फी

काठमाडौँ-  आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’को पाँचौँ खेलमा नेपालले विश्व क्रिकेटको महारथि इंगल्याण्डलाई अन्तिम बलसम्म जसरी स्तब्ध