टोपबहादुर रायमाझीलाई एमालेले गर्यो निलम्बन, विरामी विदा चिठि संसद सचिवालयमा
काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका टोपबहादुर रायमाझीले संसद सचिवालयमा आफू विरामी भएको निवेदन पठाएका छन् ।
संसद सचिवालयका अनुसार, विरामी विदा स्वीकृति गरिदिन भनेर रायमाझीले निवेदन पठाएका छन् ।नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले रायमाझीलाई गत बुधबार पक्राउ पूर्जी जारी गरेको छ । तर रायमाझी एक सातादेखि फरार छन् ।
एमाले सचिव रायमाझीलाई एमालेले आजै पदबाट निलम्बन गरेको छ ।












