"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस बैठकमा महामन्त्रीद्वय गगन र विश्वप्रकाशले मागे खाणको निलम्बन

प्रकाशित मिति :  11 May, 2023 9:53 am


काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ। पार्टी नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो।

खाण कांग्रेसका केन्द्रीय सदस्य हुन्। उनलाई निलम्बन गर्नुपर्ने माग पार्टीभित्र उठेको छ। बुधबार बसेको बैठकमा सहमति नजुटेपछि पुनः बिहीबार बैठक बस्ने गरी बैठक सकिएको थियो। बुधबारको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई निलम्बन गर्नुपर्ने धारणा राखेको स्रोतको दाबी छ। यस विषयमा सभापति शेरबहादुर देउवा मौन रहेका थिए।

यही कारण बैठक आजलाई सारिएको थियो। आज (बिहीबार) यो विषयमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा पुनः छलफल गर्ने तय भएको हो। भुटानी शरणार्थी प्रकरणमा परेका खाण अहिले प्रहरी हिरासतमा छन्। उनलाई निलम्बन गरेर पार्टीले नैतिकता देखाउनुपर्ने दुई मुख्यमन्त्रीको अडान छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै