"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस बैठकमा महामन्त्रीद्वय गगन र विश्वप्रकाशले मागे खाणको निलम्बन

प्रकाशित मिति :  11 May, 2023 9:53 am


काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ। पार्टी नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो।

खाण कांग्रेसका केन्द्रीय सदस्य हुन्। उनलाई निलम्बन गर्नुपर्ने माग पार्टीभित्र उठेको छ। बुधबार बसेको बैठकमा सहमति नजुटेपछि पुनः बिहीबार बैठक बस्ने गरी बैठक सकिएको थियो। बुधबारको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई निलम्बन गर्नुपर्ने धारणा राखेको स्रोतको दाबी छ। यस विषयमा सभापति शेरबहादुर देउवा मौन रहेका थिए।

यही कारण बैठक आजलाई सारिएको थियो। आज (बिहीबार) यो विषयमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा पुनः छलफल गर्ने तय भएको हो। भुटानी शरणार्थी प्रकरणमा परेका खाण अहिले प्रहरी हिरासतमा छन्। उनलाई निलम्बन गरेर पार्टीले नैतिकता देखाउनुपर्ने दुई मुख्यमन्त्रीको अडान छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको भेटवार्तालाई चिनियाँ सरकारी सञ्चारमाध्यमले उच्च महत्त्व दिएका