"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारत भ्रमणमा पूर्वराजा ज्ञानेन्द्रले भेटे उत्तर प्रदेशका मुख्यमन्त्री योगी

प्रकाशित मिति :  11 May, 2023 10:30 am


एजेन्सी । पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेट भएको छ। पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकका अनुसार शाह र योगीबीच बुधबार दिउँसो उत्तर प्रदेशको राजधानी लखनऊमा भेट भएको हो।

पूर्वराजाका परिवारका अन्य सदस्य पनि सहभागी उक्त भेट सौहार्दपूर्ण वातावरणमा भएको पाठकले उल्लेख गरेका छन्। पूर्वराजा शाह वैशाख २२ गते रूपैडिया नाकाबाट भारत गएका हुन्। उनको सचिवालयका अनुसार शाह १० दिने भ्रमणका लागि भारत गएका हुन्।

केही वर्षअघि पनि योगी आदित्यनाथ र शाहबीच भेट भएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट

एजेन्सी – यस वर्ष चिकित्सातर्फको नोबेल पुरस्कार दुई अमेरिकी र एक जापानी नागरिकले जितेका छन्। शरीरको रोग प्रतिरोधात्मक प्रणालीले आफ्नै स्वस्थ

ऐजेन्सी – थाइल्याण्डको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदमुक्त गरेको छ। कम्बोडियाका नेता हुन सेनसँगको फोन कल गरेपछि विवादमा

काठमाडौं – भारत र चीनले सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति बनाउने निर्णय गरेका छन् । यो समितिले तत्काल सीमा