"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काजमा खटिएका कर्मचारीलाई ७ दिनभित्रै रमाना लिन निर्देशन

प्रकाशित मिति :  11 May, 2023 4:29 pm


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काजमा खटाइएका काज फिर्ता गरेका कर्मचारीलाई ७ दिनभित्र रमाना लिन निर्देशन दिएको छ। मन्त्रालयले परिपत्र जारी गर्दै ७ दिनभित्र रमान नलिए कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको हो।

मन्त्रालयले सूचना जारी गर्दै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्न संघीय कर्मचारी काज फिर्ता गरिएका कार्यालयमा रमाना भई नगए कारबाही गरिने बताएको छ।

परिपत्रमा भनिएको छ, ‘काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीको रमाना लिने अवधि गुज्रिएपछि साविकका कार्यालयबाट निजको बिदा स्वीकृत नगर्ने, रमाना नलिए विभागीय सजाय प्रक्रिया सुरु हुनेछ।’

साथै, रमाना भई नजाने कर्मचारीलाई उपलब्ध गराएको सेवा–सुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट असुलउपर गरिने पनि मन्त्रालयले प्रस्ट पारेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द