"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काजमा खटिएका कर्मचारीलाई ७ दिनभित्रै रमाना लिन निर्देशन

प्रकाशित मिति :  11 May, 2023 4:29 pm


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काजमा खटाइएका काज फिर्ता गरेका कर्मचारीलाई ७ दिनभित्र रमाना लिन निर्देशन दिएको छ। मन्त्रालयले परिपत्र जारी गर्दै ७ दिनभित्र रमान नलिए कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको हो।

मन्त्रालयले सूचना जारी गर्दै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्न संघीय कर्मचारी काज फिर्ता गरिएका कार्यालयमा रमाना भई नगए कारबाही गरिने बताएको छ।

परिपत्रमा भनिएको छ, ‘काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीको रमाना लिने अवधि गुज्रिएपछि साविकका कार्यालयबाट निजको बिदा स्वीकृत नगर्ने, रमाना नलिए विभागीय सजाय प्रक्रिया सुरु हुनेछ।’

साथै, रमाना भई नजाने कर्मचारीलाई उपलब्ध गराएको सेवा–सुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट असुलउपर गरिने पनि मन्त्रालयले प्रस्ट पारेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर

काठमाडौं – नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव