"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संघीयताबारे केन्द्रीय कमिटीमा छलफल भएको छैन : अध्यक्ष ओली

प्रकाशित मिति :  13 May, 2023 7:19 pm


काठमाडौँ। नेकपा (एमाले)ले पार्टी केन्द्रीय कमिटी बैठकमा संघीयताबारे छलफल नै नभएको दाबी गरेको छ। शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने दाबी गरेका हुन्।

बैठकमा संघीयताको विरोधमा छलफल गरिएको भन्ने भ्रमपूर्ण हल्ला चलाइएको भन्दै अध्यक्ष ओलीले एमालेले त्यस्ता हल्लालाई सम्पूर्ण रूपमा खारेज गर्ने बताए। पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अध्यक्ष ओलीले बैठकमा पार्टीको आधिकारिक निर्णय मात्रै बाहिर लैजान निर्देशन दिए।

ओलीले बैठकमा आफ्नो पार्टी संविधान निर्माणको ठूलो पार्टी भएकाले यसका कुनै पनि पिल्लरहरू हल्लाउने वा चलाउने पक्षमा नरहेको बताएका थिए। ‘हिजोदेखि एउटा हल्ला चलाइएको छ– नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा संघीयताबारे बहस सुरु भएको,’ ओलीलाई उद्धृत गर्दै प्रचार विभाग उपप्रमुख रिजालले भने, ‘नेकपा एमालेले संघीयतामा पुनर्विचार गर्ने भयो। अब नेकपा एमालेको संघीयता नमान्ने भयो भन्नेजस्ता जुन खालका गलत हल्लाहरू चलेका छन्। यिनलाई सम्पूर्ण रूपमा खारेज गरिन्छ।’

कुनै साथीहरूले समूहमा उभिँदा राखिएको कुरालाई पार्टीको आधिकारिक निर्णय होजस्तो गरी प्रचार गरिएको भन्दै ओलीले उक्त कुरा गलत रहेको बताए। बैठकले मिसन ग्रासरुट अभियानबाट प्राप्त सुझावको आधारमा पार्टीको वार्षिक कार्ययोजना तय गरेको छ। जसमा कम्युनिस्ट पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने योजना समावेश गरिएको रिजालले बताए।

केन्द्रीय कमिटी बैठकमा एमाले नेता महेश बस्नेतले संघीयताको पुनरवलोकन गर्न प्रस्ताव गरेका थिए। ‘शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित सरकार प्रमुख बनाऊँ। निर्वाचन कम खर्चिलो बनाऊँ। राजनीतिक स्थिरताका लागि दुई दलीय व्यवस्था अथवा ५ प्रतिशत थ्रेस होल्ड राखौँ’, उनले प्रस्ताव गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको भेटवार्तालाई चिनियाँ सरकारी सञ्चारमाध्यमले उच्च महत्त्व दिएका