"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

टिआरसी विधेयकलाई संसदीय उपसमितिबाट छिटो टुंगोमा पुर्‍याउने सहमती

प्रकाशित मिति :  14 May, 2023 2:31 pm


काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेतृत्वबीच संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुनलाई छिटो टुंगोमा पुर्‍याउन संसदीय उपसमिति गठन गर्ने विषयमा छलफल भएको छ।

आइतबार बालुवाटारमा तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरूबीच सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउन संसदीय उपसमिति गठन गर्ने विषयमा छलफल भएको हो।

बैठकमा संसदीय समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्नेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। त्यस्तै सहमतिका साथ नै संसद्लाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल केन्द्रित भएको थियो।

छलफलमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, एमाले संसदीय दलका नेता केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, माओवादी मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका नेता सुवास नेम्बाङलगायत सहभागी थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद