"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विदेशी कूटनीतिक नियोगसँग प्रधानमन्त्रीको छलफल

प्रकाशित मिति :  15 May, 2023 7:21 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू प्रधानमन्त्री भएपछि पहिलोपटक काठमाडौँस्थित कूटनीतिक नियोगका प्रमुखलाई एकै ठाउँमा राखेर छलफल गरेका छन्। कूटनीतिक नियोगका पदाधिकारीहरूसँग उनले तीनवटा विषयमा कुरा गरेका छन्।

दाहालले पछिल्लो राजनीतिक घटनाक्रम, देशको आर्थिक अवस्था र देशको परराष्ट्र नीतिबारे छलफल गरेका हुन्।

दाहालले स्थानीय निर्वाचन, निर्वाचन, उपनिर्वाचन भएपछि अहिलेसम्मको राजनीतिक घटनाक्रमबारे पनि जानकारी गराएका थिए। उनले निर्वाचनमा जनताले गठबन्धन गरेर सरकार चलाउ भन्ने मत दिएकोले सोहीअनुसार समावेशी लोकतान्त्रिक अभ्यास गरिरहेको पनि बताए।

‘गठबन्धन सरकार बनाउने मत जनताले दिएकोले सोहीअनुसार सरकार बनेको छ। समावेशी लोकतान्त्रिक समाज विकासको प्रयास गरिरहेका छौँ,’ दाहालले छलफलमा भने, ‘हामीँले संघ, प्रदेश र स्थानीय सरकारमार्फत काम गरिरहेका छौँ। समावेशीमा ध्यान दिएका छौँ। महिला, दलित, युवा, पीछडिएका क्षेत्रको प्रतिनिधित्वलाई महत्व दिएका छौँ।’

त्यस्तै उनले लोकतन्त्रलाई बलियो र संस्थागत बनाउँदै देशको विकास समृद्धिमा जोड दिने काम सरकारले गरिरहेको बताए। आर्थिक रुपान्तरणमा पनि यो सरकारले काम गरिरहेको दाहालले बताए।

‘सरकारले न्युनतम नीति तथा कार्यक्रम ल्याएर काम गरिरहेको छ। सरकारको नीति तथा कार्यक्रम ल्याउँदैछ। नेपालीकै प्रयासमा शान्तिप्रक्रियामा यहाँ ल्याइपुर्‍याएका छौँ यसलाई निचोडमा पुर्‍याउने,’ उनले भने, ‘सत्य निरुपण मेलमिलाप तथा बेपत्ता छानबिन आयोग बनाएर काम गरिरहेका छौँ।’

शान्तिप्रक्रियालाई अझ सशक्त र सभ्य तवरले टुंग्याएर शान्त मुलुकको परिकल्पना गरिरहेको उनको भनाइ छ। त्यस्तै उनले कोरोना महामारीले देशको अर्थतन्त्रमा ठूलो असर गरेको र अहिले सुधारोन्मुख रहेको जानकारी पनि गराए।

‘हामी कोरोना महामारीका कारण आर्थिक रुपमा असहज अवस्थामा पुगेका थियौँ अहिले सुधार गर्दै गइरहेका छौँ, ‘ उनले थपे, ‘व्यापारी, उद्यमीलाई समस्या परेको थियो। बैंकको ब्याजदर घटाएर केही राहत दिएका छौँ। कृषि, उत्पादन र उद्योगमा जोड दिएका छौँ। ‘

प्रत्यक्ष वैदेशिक लगानीका लागि सुरक्षित वातावरण बनाउँदै लगेको पनि उनले जानकारी गराए। अति कम विकसित मुलुकबाट विकसित मुलुकमा फड्को मार्न प्राथिमकताका आधारमा काम गरिरहेको दाहालले बताए।

‘नेपाल हिमालय मुलुक हो। अहिले हामी प्रत्यक्ष रुपमा जलवायु परिवर्तनको असरमा परेका छौँ। यसको कारण यहाँको जीवनस्तर उकास्न असहज भएको छ। मानिसहरूको स्वास्थ्यमा समस्या आइरहेको छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाल जलवायु परिवर्तनको असरबारे काम र बहस गर्न चाहन्छ। हामीले विभिन्न सहकार्य गरी विद्युतीय प्रशारण लाइनहरू निर्माण गरिरहेका छौँ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्ति सच्याउने विषयमा रुलिङ नगरेको भनेर विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले