"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसलाई राजनीतिक पार्टी भन्न पनि मन लाग्दैन : अध्यक्ष ओली

प्रकाशित मिति :  17 May, 2023 12:35 pm


काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको परिस्थिति चिन्ताजनक रहेको बताएका छन्। बुधबार काठमाडौँमा मदन-आश्रितको ३१औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उनले राजनीति भयावह अवस्थाबाट गुज्रिरहेको बताएका हुन्।

उनले अहिलेको गठबन्धन सत्तामा मात्रै सीमित रहेको उल्लेख गरे। उनले अहिलेको सत्ता गठबन्धनले राजनीतिलाई हलुका रूपमा लिइरहेको बताए।

‘नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावा भन्या। कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छोडिसक्यो, देश यस्तो गम्भीर परिस्थितिमा छ,’ उनले भने, ‘एउटा लामो इतिहास बोकेको नेपाली कांग्रेस किंकर्तव्यविमूढ, भोलि कहाँ जाने केही थाहा छैन भन्ने जस्तै छ, आज कसरी देशलाई सही बाटोमा लैजाने सोच्ने अवस्थामा छैन।’

उनले वर्तमान गठबन्धन नीति, कार्यक्रम, उद्देश्यविहीन गठबन्धन भएको बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको भेटवार्तालाई चिनियाँ सरकारी सञ्चारमाध्यमले उच्च महत्त्व दिएका