"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसलाई राजनीतिक पार्टी भन्न पनि मन लाग्दैन : अध्यक्ष ओली

प्रकाशित मिति :  17 May, 2023 12:35 pm


काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको परिस्थिति चिन्ताजनक रहेको बताएका छन्। बुधबार काठमाडौँमा मदन-आश्रितको ३१औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उनले राजनीति भयावह अवस्थाबाट गुज्रिरहेको बताएका हुन्।

उनले अहिलेको गठबन्धन सत्तामा मात्रै सीमित रहेको उल्लेख गरे। उनले अहिलेको सत्ता गठबन्धनले राजनीतिलाई हलुका रूपमा लिइरहेको बताए।

‘नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावा भन्या। कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छोडिसक्यो, देश यस्तो गम्भीर परिस्थितिमा छ,’ उनले भने, ‘एउटा लामो इतिहास बोकेको नेपाली कांग्रेस किंकर्तव्यविमूढ, भोलि कहाँ जाने केही थाहा छैन भन्ने जस्तै छ, आज कसरी देशलाई सही बाटोमा लैजाने सोच्ने अवस्थामा छैन।’

उनले वर्तमान गठबन्धन नीति, कार्यक्रम, उद्देश्यविहीन गठबन्धन भएको बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै