"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ओलीले ‘संसद्‌बाट खुलासा गर्छु’ भनेको भाषण कार्यक्रम किन स्थगित भयो

प्रकाशित मिति :  18 May, 2023 1:38 pm


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणबारे नयाँ तथ्य सार्वजनिक गर्ने घोषणा गरिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सम्बोधन स्थगित भएको छ। नेकपा एमाले स्रोतका अनुसार संसद्मा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम छ।

यही कारण ओलीको सम्बोधन स्थगित भएको एमालेले जानकारी दिएको छ। २८ वैशाखमा पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै ओलीले शरणार्थी प्रकरणमा संलग्नको तथ्य प्रस्तुत गर्ने बताएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका नेता समेत जोडिएपछि ओलीले कटाक्ष गर्दै नयाँ तथ्य खुलासा गर्ने बताएका थिए।

उनले यो प्रकरणमा आफ्नो पार्टीको मात्र हात नरहेको संकेत गरेका थिए। ओलीले अन्य ‘भीआईपी’ समेत प्रकरणमा जोडिएको बताएका थिए। एमाले सचिव टोपबहादुर रायमाझी र नेता इन्द्रजित राईको समेत मिलेमतो रहेको देखिएपछि अहिले  उनीहरू प्रहरी अनुसन्धानमा छन्।

ओली भने सोही प्रकरणमा तानिएकालाई बचाउन लागेको आरोप खेपिरहेका छन्। आफ्ना नेतामाथि आरोप लागेसँगै ओलीको बालुवाटार र सिंहदरबार धाउने क्रम बढेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै