"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ओलीले ‘संसद्‌बाट खुलासा गर्छु’ भनेको भाषण कार्यक्रम किन स्थगित भयो

प्रकाशित मिति :  18 May, 2023 1:38 pm


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणबारे नयाँ तथ्य सार्वजनिक गर्ने घोषणा गरिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सम्बोधन स्थगित भएको छ। नेकपा एमाले स्रोतका अनुसार संसद्मा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम छ।

यही कारण ओलीको सम्बोधन स्थगित भएको एमालेले जानकारी दिएको छ। २८ वैशाखमा पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै ओलीले शरणार्थी प्रकरणमा संलग्नको तथ्य प्रस्तुत गर्ने बताएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका नेता समेत जोडिएपछि ओलीले कटाक्ष गर्दै नयाँ तथ्य खुलासा गर्ने बताएका थिए।

उनले यो प्रकरणमा आफ्नो पार्टीको मात्र हात नरहेको संकेत गरेका थिए। ओलीले अन्य ‘भीआईपी’ समेत प्रकरणमा जोडिएको बताएका थिए। एमाले सचिव टोपबहादुर रायमाझी र नेता इन्द्रजित राईको समेत मिलेमतो रहेको देखिएपछि अहिले  उनीहरू प्रहरी अनुसन्धानमा छन्।

ओली भने सोही प्रकरणमा तानिएकालाई बचाउन लागेको आरोप खेपिरहेका छन्। आफ्ना नेतामाथि आरोप लागेसँगै ओलीको बालुवाटार र सिंहदरबार धाउने क्रम बढेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको भेटवार्तालाई चिनियाँ सरकारी सञ्चारमाध्यमले उच्च महत्त्व दिएका