"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा परराष्ट्रमन्त्री

प्रकाशित मिति :  19 May, 2023 7:00 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणलाई लक्षित गरेर परराष्ट्रमन्त्री एनपी साउदले छलफल तीव्र पारेका छन्। जेठ तेस्रो साता हुने सम्भावना रहेको भ्रमणलाई लक्षित गरेर उनले पूर्वपरराष्ट्रमन्त्रीहरु, पूर्वराजदूतहरु र पूर्व सचिवहरुसँग छलफल थालेका हुन्। शुक्रबार साउदले प्रधानमन्त्री प्रचण्डको भ्रमणका विषयमा पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गरेका छन्।

परराष्ट्र मन्त्रालयमा भएको छलफलमा पूर्व परराष्ट्रमन्त्रीहरू सुजाता कोइराला, रघुवीर महासेठ,  प्रकाशचन्द्र लोहनी र भेषबहादुर थापा सहभागी थिए। पूर्व परराष्ट्रमन्त्रीहरूसँग प्रधानमान्त्रीको भारत भ्रमणका क्रममा नेपालका तर्फबाट उठाउनु पर्ने विषयवस्तुका बारेमा छलफल गरिएको परराष्ट्रमन्त्री साउदले जानकारी दिए।

उनले व्यापार, वाणिज्य, जलस्रोत, सिमाना, पारवहन, पर्यटन तथा सांस्कृतिक सम्बन्धसँगै जनस्तरको सम्बन्धबारे छलफल भएको पनि बताए। परराष्ट्र मन्त्री साउदले यसअघि बिहीबार पूर्वराजदूत र पूर्वसचिवहरूसँग छलफल गरेका थिए।

उक्त छलफलमा पूर्वराजदूतद्वय लोकराज बराल, दिनेश भट्टराई तथा पूर्वसचिवहरू दुर्गा भट्टराई, मधुरमण आचार्य, मदन भट्टराईसँग छलफल गरिएको मन्त्री साउदका स्वकीय सचिव दीपक जोशीले जानकारी दिए।

स्रोतका अनुसार प्रधानमन्त्री दाहाल बजेट आएको केही दिनमै भारत जाने तयारी भइरहेको छ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको भेटवार्तालाई चिनियाँ सरकारी सञ्चारमाध्यमले उच्च महत्त्व दिएका