"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

हामीले चाहे सरकार ढाल्न सक्छौं : माधव नेपाल

प्रकाशित मिति :  20 May, 2023 4:44 pm


सिन्धुली । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले चाहेमा सरकार ढाल्नसक्ने चेतावनी दिएका छन् । अध्यक्ष नेपालले संसद्‍मा सिट संख्या कम भनेर आफूहरुलाई कम नआक्न पनि चेतावनी दिएका छन् ।

शनिबार सिन्धुलीमाडीमा एकीकृत समाजवादी सिन्धुलीको सातौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले प्रतिनिधिसभा र राष्ट्रिय सभामा आफ्नो सिट संख्या जोड्दा चौथो शक्ति रहेको जिकिर गरे । थोरै सिट भनेर नहेप्न उनले सत्ता गठबन्धनलाई चेतावनी दिएका छन् ।

नेकपा एमालेतर्फ इंगित गर्दै अध्यक्ष नेपालले धेरै सिट हुनेहरुको सरकार प्रदेससभामा भकाभक ढलेको भन्दै कटाक्ष समेत गरेका थिए ।

बढी सिट भएर मात्र नहुने भन्दै उनले टिकाउन नसक्नेले धेरै ‘फुइँ हाँक्न नहुने’ तर्क गरे । एमाले अध्यक्ष केपी ओलीतर्फ लक्षित गर्दै अध्यक्ष नेपालले ‘मुर्ख राजा’को कथा सुनाएर कटाक्ष गरेका थिए ।

‘मैले जे गरे पनि हुन्छ’ भन्ने ‘मुर्ख राजा’ जस्तै ओली अहंकारी र घमण्डी भएकाले आफूहरुले विद्रोह गर्नुपरेको उनले बताएका थिए । नचाहिने काममा फजुल खर्च गर्ने, गर्नुपर्नेमा नगर्ने, आफूहरुले जे गरे पनि ठिक र त्यसको स्तुति गान गाउनु पर्ने भएकाले एमालेबाट विद्रोह गर्न आफूहरु बाध्य भएको अध्यक्ष नेपालको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको भेटवार्तालाई चिनियाँ सरकारी सञ्चारमाध्यमले उच्च महत्त्व दिएका