"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नीति तथा कार्यक्रम विगतको असफल कार्यक्रमहरूको निरन्तरता मात्रै : रास्वपा सांसद परियार

प्रकाशित मिति :  22 May, 2023 6:49 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम विगतको असफल कार्यक्रमहरूको निरन्तरता मात्रै भएको बताएका छन्।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। नीति तथा कार्यक्रममाथि संसदमा सत्तापक्ष र प्रतिपक्षबीच जिम्मेवारपूर्ण बहस नभएको सांसद परियारले बताए।

‘नीति तथा कार्यक्रम विगतको असफल कार्यक्रमहरूको निरन्तरता मात्र हो। त्यसमा पनि यो खालको बहस, यसले असाध्यै कायापलट गर्नेखालको भन्ने सत्तापक्षीय बहस। अर्को यसले केही पनि गर्दैन, यो एउटा कर्मकाण्ड मात्रै हो भन्ने प्रतिपक्षको बहस। यो अलि जिम्मेवारपूर्ण भएन,’ उनले भने।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै