"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नीति तथा कार्यक्रम विगतको असफल कार्यक्रमहरूको निरन्तरता मात्रै : रास्वपा सांसद परियार

प्रकाशित मिति :  22 May, 2023 6:49 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम विगतको असफल कार्यक्रमहरूको निरन्तरता मात्रै भएको बताएका छन्।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। नीति तथा कार्यक्रममाथि संसदमा सत्तापक्ष र प्रतिपक्षबीच जिम्मेवारपूर्ण बहस नभएको सांसद परियारले बताए।

‘नीति तथा कार्यक्रम विगतको असफल कार्यक्रमहरूको निरन्तरता मात्र हो। त्यसमा पनि यो खालको बहस, यसले असाध्यै कायापलट गर्नेखालको भन्ने सत्तापक्षीय बहस। अर्को यसले केही पनि गर्दैन, यो एउटा कर्मकाण्ड मात्रै हो भन्ने प्रतिपक्षको बहस। यो अलि जिम्मेवारपूर्ण भएन,’ उनले भने।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको भेटवार्तालाई चिनियाँ सरकारी सञ्चारमाध्यमले उच्च महत्त्व दिएका