"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जिम्बाब्वेमा हुने विश्वकप छनोटको खेलतालिका सार्वजनिक

प्रकाशित मिति :  23 May, 2023 3:34 pm


काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आईसीसी) ले एकदिवसीय विश्वकप छनोटको खेलतालिका सार्वजनिक गरेको छ । आगामी जुन १३ गतेदेखि जिम्बाब्वेमा हुने प्रतियोगिताको खेलतालिका आईसीसीले सोमबार सार्वजनिक गरेको हो । 

आईसीसीले विश्वकप छनोट खेल्ने १० टिमलाई २ समूहमा विभाजन गरेको छ । नेपाल रहेको समूह ‘ए’ मा जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका रहेका छन् ।

त्यस्तै समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई रहेका छन् । विश्वकप छनोटअन्तर्गत नेपालको पहिलो खेल असार ३ गते जिम्बाब्वेविरुद्ध रहेको छ । त्यसअघि नेपालले जेठ ३० गते यूएई र जेठ ३२ गते ओमानसँग वार्मअप म्याच खेल्नेछ ।

नेपालले समूह चरणअन्तर्गतको दोस्रो खेल असार ५ गते अमेरिकाविरुद्ध खेल्नेछ । त्यस्तै नेपालले असार ७ गते वेस्ट इन्डिज र असार ९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ ।

विश्वपक छनोट खेल्ने १० टोलीलाई आईसीसीले २ समूहमा विभाजन गरेको हो । हरेक समूहको शीर्ष ३ टिमले सुपर सिक्समा स्थान बनाउनेछन् भने सुपर सिक्समा पुगेका टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । त्यसमध्येबाट शीर्ष २ टोलीमा पुग्ने टिमले भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

यसैबीचनेपाल क्रिकेट संघ(क्यान) ले एकदिवसीय विश्वकप छनोटका लागि प्रारम्भिक टोली घोषणा गरिसकेको छ । सोमबार क्यानले जिम्बाब्वेमा यही असार ३ देखि २४ गतेसम्म हुने छनोट प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा २२ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

प्रारम्भिक टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिस जीसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम(मौसम) ढकाल र अविनाश बोहरा रहेका छन् ।

नेपालले गत चैत २ गते कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा यूएईलाई हराउँदै एकदिवसीय विश्वकपको छनोटमा छनोट भएको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटमा मंगलबार स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको छ । दीपेन्द्रले लगातार दोस्रो

काठमाडौँ — आइसिसी टी-२० विश्वकप २०२६ मा समूहको लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपाल बाहिरिएको छ।  नेपाल स्कटल्यान्डसँगको समूह ‘सी’

काठमाडौँ — फितलो ब्याटिङ गरेको नेपालले ट्वान्टी–२० विश्वकपको इटालीसँग १० विकेटले पराजित भएको छ । पहिलो पटक विश्वकपमा खेलिरहेको इटालीले एकतर्फी

काठमाडौँ-  आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’को पाँचौँ खेलमा नेपालले विश्व क्रिकेटको महारथि इंगल्याण्डलाई अन्तिम बलसम्म जसरी स्तब्ध