"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू यी हुन्

प्रकाशित मिति :  23 May, 2023 6:47 pm


काठमाडौँ । आज मंगलबार मन्त्रिपरिषद्को नियमित बैठक बसेको छ। बैठकले जापान सरकारले मानव संसाधन विकास छात्रवृत्तिका लागि ४१ करोड अनुदान दिन गरेको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको छ।
त्यस्तै अर्थमन्त्रालयको प्रस्तावमा भन्सार महसुल विधेयकका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ। अब भन्सारसम्बन्धी नयाँ विधेयक ल्याउन सकिनेछ।

त्यस्तै विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि १९.७० मिलियन अमेरिकी डलर (२ अर्ब ६० करोड रुपैयाँ) सहायता स्वीकृत गर्ने निर्णय पनि आजको बैठकले गरेको सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
बैठकले विश्व बैंकबाट १२० मिलयन अमेरिकी डलर (१५ अर्ब ८४ करोड रुपैयाँ) ऋण सहायता स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

शर्माका अनुसार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति गठन तेस्रो संशोधन २०८० स्वीकृत गर्ने निर्णय भएको छ। त्यस्तै असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय पनि सरकारले गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता