"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू यी हुन्

प्रकाशित मिति :  23 May, 2023 6:47 pm


काठमाडौँ । आज मंगलबार मन्त्रिपरिषद्को नियमित बैठक बसेको छ। बैठकले जापान सरकारले मानव संसाधन विकास छात्रवृत्तिका लागि ४१ करोड अनुदान दिन गरेको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको छ।
त्यस्तै अर्थमन्त्रालयको प्रस्तावमा भन्सार महसुल विधेयकका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ। अब भन्सारसम्बन्धी नयाँ विधेयक ल्याउन सकिनेछ।

त्यस्तै विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि १९.७० मिलियन अमेरिकी डलर (२ अर्ब ६० करोड रुपैयाँ) सहायता स्वीकृत गर्ने निर्णय पनि आजको बैठकले गरेको सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
बैठकले विश्व बैंकबाट १२० मिलयन अमेरिकी डलर (१५ अर्ब ८४ करोड रुपैयाँ) ऋण सहायता स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

शर्माका अनुसार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति गठन तेस्रो संशोधन २०८० स्वीकृत गर्ने निर्णय भएको छ। त्यस्तै असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय पनि सरकारले गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू