"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नवनियुक्त मन्त्री महतो र राज्यमन्त्री प्रमीलाले लिए शपथ

प्रकाशित मिति :  24 May, 2023 11:59 am


नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा वातावरण मन्त्री महतो र शिक्षा राज्यमन्त्री प्रमीलाले शपथ लिएका हुन ।

महतोले वन तथा वातावरण मन्त्रीको रूपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन । यसैगरी, प्रमीलाले शिक्षा राज्यमन्त्रीको रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट पद तथा गोपनीयताको शपथ लिएकी हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राज्यमन्त्री प्रमिला कुमारीलाई शपथ ग्रहण गराएका थिए।  शपथ ग्रहण कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेता र उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो। 

महतो र प्रमीला जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट मन्त्री नियुक्त भएका हुन । जसपाबाट यसअघि नै अशोककुमार राई शिक्षा मन्त्री छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू