"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नवनियुक्त मन्त्री महतो र राज्यमन्त्री प्रमीलाले लिए शपथ

प्रकाशित मिति :  24 May, 2023 11:59 am


नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा वातावरण मन्त्री महतो र शिक्षा राज्यमन्त्री प्रमीलाले शपथ लिएका हुन ।

महतोले वन तथा वातावरण मन्त्रीको रूपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन । यसैगरी, प्रमीलाले शिक्षा राज्यमन्त्रीको रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट पद तथा गोपनीयताको शपथ लिएकी हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राज्यमन्त्री प्रमिला कुमारीलाई शपथ ग्रहण गराएका थिए।  शपथ ग्रहण कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेता र उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो। 

महतो र प्रमीला जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट मन्त्री नियुक्त भएका हुन । जसपाबाट यसअघि नै अशोककुमार राई शिक्षा मन्त्री छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता