"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस रूपान्तरण अभियानको भेला जनकपुरमा

प्रकाशित मिति :  25 May, 2023 1:44 pm


जनकपुर । नेपाली कांग्रेस रूपान्तरण अभियान पक्षले प्रदेश भेला सुरू गरेका छन्। मधेस प्रदेशको जनकपुरधाममा बिहीबार भेला भएको हो। भेलामा केन्द्रीय सदस्य मधु आचार्य, चन्द्रमोहन यादव, नेताहरू गुरूराज घिमिरे, लक्ष्मण लाल राय यादव, भूपेन्द्रजंग शाही, जगदीश्वरनरसिंह केसी, जिप्छी यादव, श्याम पटेल, देवराज चालिसे, विष्णुदेवी पाण्डे, नरेश यादवलगायत उपस्थित छन्।

नरेन्द्र नेम्वाङ, बंशीलाल तामाङ, उज्वल बराल, विनोद कायस्थ, कौशलराय यादव, धर्मेन्द्र नेम्वाङ, विनोद खनाल, सुवास लोहनी, दिनेश यादव, सुवास पोखरेल, चिरञ्जीवि हमाल, डिल्ली सुवेदी, युवराज पाण्डे, उमेश मिश्र, कृश्र सिंह, राजेश रौनियार, सैलेन्द्र यादव, मनोजा चौधरी, पिन्टु सिंह, विनोद खनाललगायत पनि भेलामा उपस्थित छन्।

कांग्रेसको वर्तमान नेतृत्वको कार्यशैली सुधार गर्नुपर्ने भन्दै रूपान्तरण अभियानले सातै प्रदेशमा भेलाको मितिसमेत तोकेको थियो। नेता भूपेन्द्रजंग शाहीले नेताहरूले आफ्ना कुरा राख्ने र प्रदेशभित्रका अगुवा कार्यकर्ताका कुरा सुन्न भेला गरिएको बताए।

‘कांग्रेसको कार्यशैली सुधार गर्नुपर्छ भन्ने अधिकांशको मत पायौं,’ उनले भने, ‘रूपान्तरण अभियानमा मानिसको चासो देखिन्छ।’सातै प्रदेशमा नेता/कार्यकर्तासँग र जनतासँग पनि छलफल गरिने उनले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन