"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गर्मीमा शीतल सलादका फाईदा

प्रकाशित मिति :  27 May, 2023 9:18 am


काठमाडौँ । हामीले दैनिक आफ्नो आहारमा सलाद समावेश गरेका हुन्छौँ । काँक्रो, गाँजर, मुला, प्याजको टुक्रा खानाको साइडमा राख्नु नै सलाद हो, जुन हाम्रो दैनिक जीवनमा अपरिहार्य छ । सलादमा भिटामिन ई, भिटामिन सी र फाइबर पर्याप्त पाइन्छ । गर्मी मौसममा खानामा समावेश गर्न सकिने सलाद बनाउने तरिका : 

फ्रेन्च मेस्कुलन सलाद : यो सलाद बनाउन कलिलो खालको मिक्स लेटुस २०० ग्राम ( कम्तीमा पाँच प्रकारका) लिएर आइस वाटरमा धोएर सुक्खा क्रन्ची बनाउने । मस्टर्ड मेस्ट आधा चम्चा, रेड वाइन या सेरी भिनेगर दुई चम्चा, दुई ड्रप्स जैतुनको तेल र नुन स्वादअनुसार हालेर ड्रेसिङ बनाई पत्तामा मिसाएर सर्भ गर्न सकिन्छ । यो सलाद विश्वभर अति नै लोकप्रिय छ । साइड सलाद होस् या अप्पिटाइजर, जसरी नि पस्कन सकिन्छ ।

लेबनिस कुकम्बर कर्ड सलाद : यो सलाद बनाउन जति सजिलो छ, त्योभन्दा कैयौँ गुणा स्वास्थ्यसम्बन्धी फाइदा र शीतलता प्रदान गर्छ । एउटा काँक्रोलाई स–साना टुक्रामा काटेर एउटा बाउलमा राख्ने । एक कप लो फ्याटवाला प्लेन दही लिएर एउटा लेमन निचोरेर हाल्ने । दुई मुन्टा पुदिना चप गरेर (ड्राई मिन्ट पनि प्रयोग गर्न सकिन्छ) हाल्दिने र दुई केस्रा लसुन चप गरी मिसाउने । अन्तमा स्वादअनुसार नुन हालेर मज्जाले घोल्ने र काटेको काँक्रोमा खन्याइदिने । माथिबाट दुई ड्रप जैतुनको तेल हालेर सर्भ गर्न सकिन्छ ।

ग्रिक सलाद : यो सलाद बनाउन स–साना डाइसमा दुई सय ग्राम काँक्रो काटेर एउटा बाउलमा राख्ने । तीन कलरको भेडेखुर्सानी मिसाएर ८० ग्राम र २० ग्राम डाइस टोम्याटो मिसाउने । एउटा मध्यम साइजको प्याज डाइस काटी हाल्ने र साथमा केही कालो जैतुन स्लाइस काटेर मिसाइदिने । स्वादका लागि नुन, मरिचको धुलो, ओरिगानो धुलो, रेड वाइन, भिनेगर, मस्टर्ड पेस्ट, गार्लिक र जैतुनको तेल हालेर मोल्दिने । अन्तमा २० ग्राम फेत चिज डाइस काटेर टप गर्निस गरी सर्भ गर्ने । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दै उनले जेन-जी आन्दोलनका

काठमाडौँ — भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज सूर्यविनायकमा खोप जिल्ला समन्वय समितिले आयोजना गरेको घोषणा कार्यक्रममा बागमती

काठमाडौँ– सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच सहमति भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार भएको वार्तामा मन्त्रालय र नर्सिङ

काठमाडौं –  मनसुन लागेसँगै डेङ्गु सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गु सङ्क्रमणको जोखिम कायम रहने समयका