"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संयुक्त संसदीय सुनुवाइ समिति गठन, कुन दलका को–को छन् सदस्य

प्रकाशित मिति :  28 May, 2023 4:00 pm


काठमाडौँ । संयुक्त संसदीय सुनुवाइ समितिको प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको नाम अनुमोदन भएको छ । जसमा नेपाली कांग्रेस र नेकपा एमालेका ४-४ जना सदस्य रहेका छन् भने माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपाका १-१ रहेका छन् । प्रतिनिधिसभाको नाम अनुमोदनसँगै समितिले पूर्णता पाएको छ ।

नेपाली कांग्रेसका रमेश लेखक, ईश्वरीदेवी न्यौपाने, जीवन परियार, ज्ञानेन्द्रबहादुर कार्की, त्यसैगरी नेकपा एमाले पदम गिरी, महेशकुमार बर्तौला, लिलानाथ श्रेष्ठ र ईश्वरी जीएम रहेका छन् । त्यसैगरी माओवादी केन्द्रका जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपति शमशेर जबरा, जनता समाजवादी पार्टीका प्रकाश अधिकारी रहेका छन् ।

सो समितिमा राष्ट्रिय सभाबाट नेपाली कांग्रेसका रमेशजंग रायमाझी, नेकपा एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा वैशाख १३ गते नै मनोनित भइसकेका छन् ।

समितिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरु, संवैधानिक आयोगका पदाधिकारी तथा सदस्य, राजदूतको नाम अनुमोदन गर्ने गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका