"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा के-के भयो समझदारी ?

प्रकाशित मिति :  2 June, 2023 5:00 pm


काठमाडौं। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन्। उच्चस्तरीय भेटवार्तासँगै नेपाल र भारतबीच आधा दर्जनभन्दा बढी परियोजना अगाडि बढाउने विषयमा समझदारी भएको छ। 

आज बिहान प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भयो। उक्त भेटवार्तालगत्तै प्रधानमन्त्री द्वयकाे नेतृत्वमा द्विपक्षीय भेटवार्ता सम्पन्न भयाे। द्विपक्षीय भेटवार्तापछि प्रधानमन्त्री द्वयले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गरे। 

भारतीय प्रधानमन्त्री मोदीले सम्बाेधन गर्दै दुई देशबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई ‘सुपरहिट’ बनाउने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले दुई देशबीच विद्यमान सीमालगायत सम्पूर्ण मुद्दाहरूको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। 

यसै क्रममा नेपाल र भारतबीचकाे पारबहन सन्धि नवीकरण भएकाे छ। याेसँगै नेपाललाई समुद्रमा पानी जहाज सञ्चालनको बाटो खुलेकाे विश्लेषण गरिएकाे छ। साथै, याे सन्धिकाे नवीकरणपछि नेपालले भारत र तेस्रो देशसम्म व्यापारका लागि जलमार्गसहित थप सुविधा प्राप्त गरेकाे छ।  

सम्बोधनकै क्रममा प्रधानमन्त्री द्वयले अमलेखगन्ज–चितवन लोथलसम्म–सिलीगुडी–झापा पेट्रोलियम पेट्रोलियम पाइपलाइन निर्माण गर्ने समझदारी भएको छ। यस्तै, दोधारा–चाँदनी, नौली–भैरहवा र नेपालगन्ज–रूपैडियामा इन्टिग्रेटेड चेकपोस्ट स्थापना गर्ने समझदारी भएको छ। भारतको बथनाहा–नेपालको विराटनगरसम्म कार्गो रेलको संयुक्त उद्घाटन भएको छ। 

भारतले १० वर्षमा नेपालबाट १० हजार मेगाबाट बिजुली लैजाने सम्झौता भएको छ। यस्तै, फुकोट कर्णाली निर्माणका लागि विद्युत् उत्पादन कम्पनी र एनएचपिसीबीच सम्झौता भएको छ। 

न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्यास हुनुका साथै तथा क्रस बोर्डर पेमेन्टसम्बन्धीसमेत समझदारी भएको छ। 

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अघि बढाउन पिडिएमा हस्ताक्षर भए पनि  मुख्य एजेन्डाका रूपमा रहेका हवाई रुट र पञ्चेश्वर परियाेजनाअन्तर्गन महाकालीकाे पानी भाेगचलनसम्बन्धी भने ठाेस समझदारी बन्न सकेकाे देखिँदैन। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू