"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विरोध गरेर कांग्रेस बलियो बन्दैन, काम गरेर देखाउन सभापति देउवा निर्देशन

प्रकाशित मिति :  3 June, 2023 7:42 pm


काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन्। शनिबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र एकले अर्कोलाई गाली गरेर पार्टी ठूलो नबन्ने बताएका हुन्।

देउवाले सभापति पदमा रहेर काम गर्ने आफ्नो कार्यकाल अन्तिम रहेको पनि बताए। आफूले यसपछि सभापति पदमा बसेर काम नगर्ने भन्दै उनले अबको पालो युवा पुस्ताको रहेको बताए। पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले कसैलाई पनि नरोकेको सभापति देउवाको भनाइ थियो।

पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क विस्तार गर्नुपर्ने उनले बताए। आफूले नेपाली कांग्रेसलाई अहिले देशको ठूलो पार्टी बनाएको देउवाको भनाइ छ। ‘नेपाली कांग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूूलो पार्टी भएको छ। यो सत्य हो,’ सत्य हो, उनले भने, ‘यसलाई अझ बलियो बनाउनुपर्छ। गाली गरेर केही हुनेवाला छैन। काम गर्नुस् न पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस्। विरोध गरेर पार्टी बन्नेवाला छैन, पार्टी बनाउनलाई जनताको काँधमा काँध र जनसम्पर्क नै हो।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको भेटवार्तालाई चिनियाँ सरकारी सञ्चारमाध्यमले उच्च महत्त्व दिएका