"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विरोध गरेर कांग्रेस बलियो बन्दैन, काम गरेर देखाउन सभापति देउवा निर्देशन

प्रकाशित मिति :  3 June, 2023 7:42 pm


काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन्। शनिबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र एकले अर्कोलाई गाली गरेर पार्टी ठूलो नबन्ने बताएका हुन्।

देउवाले सभापति पदमा रहेर काम गर्ने आफ्नो कार्यकाल अन्तिम रहेको पनि बताए। आफूले यसपछि सभापति पदमा बसेर काम नगर्ने भन्दै उनले अबको पालो युवा पुस्ताको रहेको बताए। पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले कसैलाई पनि नरोकेको सभापति देउवाको भनाइ थियो।

पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क विस्तार गर्नुपर्ने उनले बताए। आफूले नेपाली कांग्रेसलाई अहिले देशको ठूलो पार्टी बनाएको देउवाको भनाइ छ। ‘नेपाली कांग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूूलो पार्टी भएको छ। यो सत्य हो,’ सत्य हो, उनले भने, ‘यसलाई अझ बलियो बनाउनुपर्छ। गाली गरेर केही हुनेवाला छैन। काम गर्नुस् न पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस्। विरोध गरेर पार्टी बन्नेवाला छैन, पार्टी बनाउनलाई जनताको काँधमा काँध र जनसम्पर्क नै हो।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै