"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारत भ्रमण फितलो भयो, नागरिकता विधेयक फेरि संसद्‌मा ल्याउनुपर्छ : ओली

प्रकाशित मिति :  5 June, 2023 5:09 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण फितलो भएको प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा समय माग गरेर बोलेका ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकल र देशको मर्यादा उल्लंघन भएको बताए ।

अध्यक्ष ओलीले नागरिकता विधेयकबारे फेरि संसद्‌मा छलफल हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा सोमबार सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन्।

उनले भने, ‘विधेयकलाई फेरि संसद्‌मा ल्याउनुपर्छ। छलफल हुनुपर्छ।’ उनले अहिलेको संसद्ले सभामुख अग्नि सापकोटालाई नचिन्ने पनि बताए। उनले भने, ‘नयाँ सांसदहरूले संसद्‌मा छलफल गर्न पाउनुपर्छ।’ ओलीले प्रधानमन्त्रीलाई तास फिटेजस्तो कुरा नगर्न पनि आग्रह गरे।

नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ। विधेयक प्रमाणीकरण काननु सम्मत नरहेको भन्दै विपक्षी दलले संसद्‌मा विरोध गर्दै आएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने विधेयक फेरि  छलफलका लागि ल्याउँदा संसद्का अपमान हुने बताएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको भेटवार्तालाई चिनियाँ सरकारी सञ्चारमाध्यमले उच्च महत्त्व दिएका