"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारत भ्रमण फितलो भयो, नागरिकता विधेयक फेरि संसद्‌मा ल्याउनुपर्छ : ओली

प्रकाशित मिति :  5 June, 2023 5:09 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण फितलो भएको प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा समय माग गरेर बोलेका ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकल र देशको मर्यादा उल्लंघन भएको बताए ।

अध्यक्ष ओलीले नागरिकता विधेयकबारे फेरि संसद्‌मा छलफल हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा सोमबार सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन्।

उनले भने, ‘विधेयकलाई फेरि संसद्‌मा ल्याउनुपर्छ। छलफल हुनुपर्छ।’ उनले अहिलेको संसद्ले सभामुख अग्नि सापकोटालाई नचिन्ने पनि बताए। उनले भने, ‘नयाँ सांसदहरूले संसद्‌मा छलफल गर्न पाउनुपर्छ।’ ओलीले प्रधानमन्त्रीलाई तास फिटेजस्तो कुरा नगर्न पनि आग्रह गरे।

नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ। विधेयक प्रमाणीकरण काननु सम्मत नरहेको भन्दै विपक्षी दलले संसद्‌मा विरोध गर्दै आएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने विधेयक फेरि  छलफलका लागि ल्याउँदा संसद्का अपमान हुने बताएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै