"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाली महिला क्रिकेट टिमलाई भारत र पाकिस्तानसँग खेल्ने अवसर

प्रकाशित मिति :  8 June, 2023 7:03 pm


काठमाडौँ । नेपाली महिला क्रिकेट टिमलाई वुमन्स इमर्जिङ टिम्स एसिया कप खेल्ने प्रस्ताव आएको छ।  जेठ २९ गतेदेखि हङकङमा हुने प्रतियोगितामा सहभागिताका लागि पत्र आएको नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए। 

यसअघि प्रतियोगितामा नेपाल सहभागी हुने तालिका थिएन। प्रतियोगितामा छनोट भएको थाइल्यान्डले नखेल्ने भए पनि नेपाललाई सहभागिताका लागि प्रस्ताव आएको हो।  थाइल्यान्डले भिसाको कारण प्रतियोगिताबाट हात झिकेको बताइए पनि औपचारिक तथ्य सार्वजनिक भएको छैन।

प्रतियोगिताको समूह ‘ए’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’, थाइल्यान्ड ‘ए’ र हङकङ छन्। समूह ‘बी’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, युएई र मलेसिया छन्। प्रत्येक समूहबाट शीर्ष २ टिम सेमिफाइनलमा पुग्नेछन् । एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले एसोसिटए राष्ट्रलाई एक्सपोजर दिने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आएको छ। जसमा टेस्ट राष्ट्रको २३ वर्ष मूनिको टिमलाई सहभागी गराइने गरेको छ। 

थाइल्यान्डले नखेल्ने भएपछि हङकङ जानका लागि नेपालले आजबाटै प्रक्रिया थालेको सचिव पाठकले बताए। उनका अनुसार टिकट खर्च नेपालले नै बेहोर्नु पर्नेछ।  भिसा प्राप्त हुन सके नेपाल प्रतियोगितामा सहभागी हुन हङकङ जानेछ। सचिव पाठकले पनि समयमै भिसा आएमा नेपालले प्रतियोगिता खेल्न जाने बताए। 

नेपाली टिम हङकङ गएमा नेपाल समूह ‘ए’ मा पर्नेछ। जहाँ नेपालले भारत र पाकिस्तानको ‘ए’ टिमसँग खेल्ने अवसर पाउनेछ। 

इमर्जिङ टिम्स एसिया कपमा खेल्ने पक्का भएमा नेपालले पहिलो खेल जेठ ३० मा पाकिस्तान ‘ए’ सँग,  जेठ ३२ गते भारतसँग र  असार २ मा आयोजक हङकङसँग खेल्नेछ।

यसैबीच एसिसीले पनि नेपालले प्रतियोगितामा सहभागिता जनाउने फेसबुकमार्फत् पुष्टि गरेको छ। नेपाली महिला टिमले गत साता मलेसियासँग पाँच खेलको टी-२० सिरिज खेलेको थियो। सो सिरिज नेपालले ३-२ ले जितेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार