"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विद्यालयमा शौचालय बनाउँदा भ्रष्टाचार गरेको आरोपमा प्रधानाध्यापकविरुद्ध मुद्दा

प्रकाशित मिति :  12 June, 2023 8:02 am


काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ स्थित कैलाश टेत्सुओ प्राथमिक विद्यालयमा शौचालय निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक नारायणप्रसाद पौडेलिवरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनले विद्यालयको शौचालय निर्माण गर्नको लागि निकासा भएको रकम र विद्यालयको अक्षय कोषको रकम हिनामिना गरेको आरोपमा अख्तियारले बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रधानाध्यापक पौडेलविरुद्ध शौचालय निर्माणको लागि आएको २ लाख र विद्यालयको नाममा रहेको अक्षय कोषको १ लाख १२ हजार गरी ३ लाख १२ हजार रुपैयाँ भ्रष्टाचार गरेक आरोप रहेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार