प्रस्तावित प्रधानन्यायाधीश कार्कीका उजुरीकर्तासँग संसदीय सुनुवाई समितिमा छलफल
काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक जारी छ । सिंहदरबारमा जारी बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि उजुरी हालेका उजुरीकर्तासँग छलफल भइरहेको छ ।
समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको सभापतित्वमा जारी बैठकले आज उजुरीकर्तासँगको छलफल सकेर जेठ ३२ गते कार्कीमाथिको सुनुवाइ सक्ने तयारी गरेको छ । समितिमा कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन् । जसमध्ये २३ जना उजुरीकर्ताहरू समितिमा सहभागी भएका छन् ।
समितिले प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन गरे पनि उनी उमेर हदका कारण आगामी साउन २० गते अवकाश लिँदै छन् ।