"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ जारी

प्रकाशित मिति :  15 June, 2023 12:28 pm


काठमाडौँ। प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ बिहीबार (आज)देखि सुरु भएको छ। सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा बिहान ८ बजेदेखि उनको सुनुवाइ जारी छ।

सुनुवाइको सुरुमा कार्कीले आफ्नो कार्ययोजना पेस गर्ने तयारी छ। यसपछि समितिका सदस्यहरूले उनीमाथि प्रश्न गर्नेछन्। वैशाख २५ गते नै प्रधानन्यायाधीशमा उनको नाम सिफारिस भए पनि संसदीय सुनुवाइ समिति नै गठन नभपछि उनको सुनुवाइमा ढिलाइ भएको हो।

संसदीय सुनुवाइ समितिमा कांग्रेसबाट रमेश लेखक, इश्वरीदेवी न्यौपाने, जीवन परियार, ज्ञानेन्द्र कार्की र रमेशजंग रायमाझी, माओवादी केन्द्रबाट जनार्दन शर्मा र जग शर्मा सदस्य छन्।

यस्तै एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम र देवेन्द्र दाहाल, रास्वपाबाट डीपी अर्याल, राप्रपाबाट पशुपतिशमशेर जबरा र जसपाबाट प्रकाश अधिकारी सदस्य छन्।

हाल कायममुकायम प्रधानन्यायाधीश रहेका कार्कीमाथि २९ वटा उजुरी दर्ता भएका छन्। बुधबार उजुरीकर्तासँग छलफल भएको थियो।प्रधानन्यायाधीशमा कार्कीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद