"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ जारी

प्रकाशित मिति :  15 June, 2023 12:28 pm


काठमाडौँ। प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ बिहीबार (आज)देखि सुरु भएको छ। सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा बिहान ८ बजेदेखि उनको सुनुवाइ जारी छ।

सुनुवाइको सुरुमा कार्कीले आफ्नो कार्ययोजना पेस गर्ने तयारी छ। यसपछि समितिका सदस्यहरूले उनीमाथि प्रश्न गर्नेछन्। वैशाख २५ गते नै प्रधानन्यायाधीशमा उनको नाम सिफारिस भए पनि संसदीय सुनुवाइ समिति नै गठन नभपछि उनको सुनुवाइमा ढिलाइ भएको हो।

संसदीय सुनुवाइ समितिमा कांग्रेसबाट रमेश लेखक, इश्वरीदेवी न्यौपाने, जीवन परियार, ज्ञानेन्द्र कार्की र रमेशजंग रायमाझी, माओवादी केन्द्रबाट जनार्दन शर्मा र जग शर्मा सदस्य छन्।

यस्तै एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम र देवेन्द्र दाहाल, रास्वपाबाट डीपी अर्याल, राप्रपाबाट पशुपतिशमशेर जबरा र जसपाबाट प्रकाश अधिकारी सदस्य छन्।

हाल कायममुकायम प्रधानन्यायाधीश रहेका कार्कीमाथि २९ वटा उजुरी दर्ता भएका छन्। बुधबार उजुरीकर्तासँग छलफल भएको थियो।प्रधानन्यायाधीशमा कार्कीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी