"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्‌मा बजेटमाथी छलफल : सत्तापक्ष सांसदहरूले नै भने संशोधन अपरिहार्य

प्रकाशित मिति :  15 June, 2023 12:34 pm


काठमाडौँ । सांसदहरूले आर्थिक वर्ष २०८०/८१ को बजेट संशोधनसहित पारित गर्नुपर्ने धारणा राखेका छन्। संसद्‍मा बजेट संशोधनसहित पारित गर्नुपर्ने आवाज उठिरहेका बेला सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरूले संशोधन अपरिहार्य रहेको बताएका छन्।

यद्यपि बजेट संशोधनमा सत्तारुढ दलहरूको स्वार्थ बाझिएको हुनसक्ने प्रतिपक्षी दलका सांसदहरूले आशंका गरेका छन्। नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले सत्तारुढ दलका सांसदहरूलाई भागवण्डा पुर्‍याउन बजेट संशोधन गर्ने कुरा गरिएको बताए। उनले सरकारले बजेट संशोधन गर्ने कुरा सुनिए पनि बजेटको आधारभूत पक्षहरूमा संशोधन गर्न नखोजिएको बताए।

उनले सत्तापक्षका सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्रहरूमा भागवण्डा पु¥याउन बजेट संशोधनको कुरा गरिएको बताए। उनले सत्ता टिकाउनका लागि प्रधानमन्त्रीले संशोधन गरेर भए पनि पास गर्ने बताएका भन्दै उनले यसबाट आशा गर्नुपर्ने ठाउँ नदेखिएको बताए। ‘बजेटको आधारभूत पक्षहरूमा संशोधन गर्न खोज्नुभएको छैन,’ उनले भने, ‘सत्ता पक्षका सांसदहरूलाई उहाँका निर्वाचन क्षेत्रमा केही भागवन्डामा कुरा नमिलेपछि त्यो भागवण्डा पुर्‍याएर बजेट पास गर्नेगरी प्रधानमन्त्रीले आश्वासन दिनुभएको हो।’
त्यस्तै नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले बजेटलाई पुनःलेखन नै गर्नुपर्ने आफ्नो पार्टीको भनाइ रहेको बताए। प्रतिपक्षी दलका सांसदहरूले संसद्मा उठाएका विषयहरूलाई सरकारले सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।

त्यस्तै नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले बजेटले सत्तारुढ दलका धेरै सांसदहरूलाई असन्तुष्ट बनाएको बताए। विधि र कानुनले दिएसम्म बजेटलाई परिमार्जन गरेर लैजानुपर्ने उनले बताए।

त्यस्तै नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले पूर्वाधार विकास क्षेत्रको बजेट असन्तुलित भएको बताए। बजेटलाई सन्तुलित बनाउन सांसदहरूले माग गरिरहेको पनि उनले बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले आजसम्म बजेट संशोधन भएको आफूले नदेखेको भन्दै बजेट संशोधन गर्नु गल्ती हुने बताए। त्यस्तै जनता समाजवादी पार्टी नेपालकी सांसद सुशीला श्रेष्ठले संसद्मा छलफलपश्चात बजेट संशोधन गर्दा राम्रो हुने बताइन्। उनले फजुल खर्च कटाउने र भौगोलिक विविधताका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताइन्। 

  • न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको