"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मतले अनुमोदन

प्रकाशित मिति :  16 June, 2023 1:11 pm


काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । सुनुवाइ समितिको शुक्रबारको बैठकले कार्कीलाई सर्वसम्मतिले प्रधानन्यायाधीशमा अनुमोदन गरेको समिति सभापति पशुपति शमशेर जबराले जानकारी दिए । 

‘संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीको नाम सर्वसम्मतिले स्वीकृत गरिएको छ,’ समिति सभापति जबराले भने । संसदीय सुनुवाइ समितिले बिहीबार र शुक्रबार प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीसँग कार्ययोजना लिने र प्रश्नोत्तर गरेको थियो ।संसदीय सुनुवाइ समितिमा कार्कीविरुद्ध बहालवाला जिल्ला न्यायाधीशसहितका २९ वटा उजुरी परेका थिए ।

कार्की सर्वोच्च अदालतमा छोटो कार्यकाल नेतृत्व गर्नेछन् । ८ महिना कायममुकायम भएर सर्वोच्चको नेतृत्व गरेका उनी साउन २० गते अनिवार्य अवकाशमा जाँदैछन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद