"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विश्वकप छनोटको पहिलो खेलमा जिम्बाबेसँग ८ विकेटले हार्‍यो नेपाल

प्रकाशित मिति :  19 June, 2023 8:28 am


काठमाडौँ। आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा आयोजक जिम्बाबेसँग नेपाल पराजित भएको छ। नेपालले दिएको नेपालले जिम्बाबेलाई २९१ रनको लक्ष्य जिम्बाबेले मात्र २ विकेटको क्षतिमा ४४.१ ओभरमै पुरा गर्‍यो।

जिम्बाबेका लागि कप्तान क्रेग एर्विन र सेन विलियम्स शतकीय पारी खेले। वेस्ली मधेभरे ३२ तथा जोयलर्ड गम्बी २५ रनमा आउट भए। नेपालका लागि करण केसी र गुल्सन झाले एक/एक विकेट लिए।

नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले नेपालका लागि उत्कृष्ट साझेदारी गर्दै दुवैले अर्धशतक प्रहार गरे पनि हार टर्न सकेन। नेपालका लागि भुर्तेल र शेखले १७१ रनको कीर्तिमानी साझेदारी बनाए।

भुर्तेलले ९९ रनमा आउट भए। उनले ९५ बलमा १३ चौकार र २ छक्काको मद्दतमा ९९ रन बनाएका हुन्। अर्का ओपनर शेखले १०० बलमा ७ चौका हिर्काएर ६६ रन बनाए।

दुवै ओपनर आउट भएपछि कप्तान रोहित पौडेल र कुशल मल्लले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरे। पौडेल २९ बलमा ५ चौकाको मद्दतमा ३१ रन जोडेर आउट भए भने मल्ल ४२ बलमा २ चौका र ३ छक्काको मद्दतमा ४१ रन जोडेर आउट भए।

त्यसपछि नेपालको विकेट लगातार गयो। आरिफ शेख १०, गुल्सन झा १३ रनमा र भीम सार्की डकआउट भए। त्यस्तै दीपेन्द्रसिंह ऐरीले ६ रनमात्रै जोडे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार