"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विश्वकप छनोटको पहिलो खेलमा जिम्बाबेसँग ८ विकेटले हार्‍यो नेपाल

प्रकाशित मिति :  19 June, 2023 8:28 am


काठमाडौँ। आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा आयोजक जिम्बाबेसँग नेपाल पराजित भएको छ। नेपालले दिएको नेपालले जिम्बाबेलाई २९१ रनको लक्ष्य जिम्बाबेले मात्र २ विकेटको क्षतिमा ४४.१ ओभरमै पुरा गर्‍यो।

जिम्बाबेका लागि कप्तान क्रेग एर्विन र सेन विलियम्स शतकीय पारी खेले। वेस्ली मधेभरे ३२ तथा जोयलर्ड गम्बी २५ रनमा आउट भए। नेपालका लागि करण केसी र गुल्सन झाले एक/एक विकेट लिए।

नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले नेपालका लागि उत्कृष्ट साझेदारी गर्दै दुवैले अर्धशतक प्रहार गरे पनि हार टर्न सकेन। नेपालका लागि भुर्तेल र शेखले १७१ रनको कीर्तिमानी साझेदारी बनाए।

भुर्तेलले ९९ रनमा आउट भए। उनले ९५ बलमा १३ चौकार र २ छक्काको मद्दतमा ९९ रन बनाएका हुन्। अर्का ओपनर शेखले १०० बलमा ७ चौका हिर्काएर ६६ रन बनाए।

दुवै ओपनर आउट भएपछि कप्तान रोहित पौडेल र कुशल मल्लले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरे। पौडेल २९ बलमा ५ चौकाको मद्दतमा ३१ रन जोडेर आउट भए भने मल्ल ४२ बलमा २ चौका र ३ छक्काको मद्दतमा ४१ रन जोडेर आउट भए।

त्यसपछि नेपालको विकेट लगातार गयो। आरिफ शेख १०, गुल्सन झा १३ रनमा र भीम सार्की डकआउट भए। त्यस्तै दीपेन्द्रसिंह ऐरीले ६ रनमात्रै जोडे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको